×

NMB BANK
NIC ASIA

गोठालो गएर फर्किनन् उनी, ३ दिनपछि भेटियो शव

असार २०, २०७७

NTC
Premier Steels

खाजा दिन पुगेकी आमाले उनलाई बगैंचामा नभेटेपछि आँप बेच्दै गरेकी महिलालाई दिएर फिरेकी थिइन् । राति अबेरसम्म घर नआएपछि परिवारले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट प्रहरीमा खबर गरे, प्रहरीले पनि फेला पार्न सकेन । हराएको तेस्रो दिन रोपाहारहरूले ११ वर्षीया उनको शव देखे ।

Muktinath Bank

भैंसी चराउन गएर नफर्केपछि तीन दिनदेखि खोजी भइरहेकी एक बालिकाको शव फेला परेको छ । जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पञ्जियार शुक्रबार मृत फेला परेकी हुन् । आँप बगैँचानजिकै नदीको डिलमा अर्ध–नग्न अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार मध्याह्न बस्तीभन्दा एक किलोमिटर पर दूधमती नदीमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने डीएसपी कार्कीले बताए । उनका अनुसार आफूहरूले खोजी गर्दा नभेटेको भन्दै ती बालिकाको खोजी गरिदिन परिवारले बिहीबार प्रहरीलाई खबर गरेका थिए ।


Advertisment
Nabil box
Kumari

धान रोप्दै गरेका मजदुरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ । बुधबार बिहान ११ बजे भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म घर नआएपछि खोजी सुरु भएको थियो । तरकारीको व्यापार गर्ने आमा संगीता बुधबार कुर्थामा लाग्ने हाटबजारका लागि तरकारी किन्न जेठो छोरा राजुलाई लिएर ढल्के गएकी थिइन् ।

Vianet communication

बाबु विनोद पञ्जियार कान्छो छोरा रोशनलाई लिएर धान रोप्न गएका थिए । घरमा एक्लै रहेकी कञ्चन भैंसी चराउन गएकी थिइन् । छोरीका लागि खाना लिएर आमा दिउँसो आँप बगैंचा पुग्दा नभेटेपछि नजिकै आँप बेच्दै गरेकी एक महिलालाई दिँदै ‘छोरीलाई दिनू’ भन्दै फर्केकी थिइन् । साँझ बजारबाट फर्केर आउँदा पनि घरमा छोरी नआएपछि गाउँमा भोज खान गएको हुन सक्ने भनेर केहीबेर खोजी नगरेको संगीताले बताइन् । ‘गाउँमा श्राद्धको भोज थियो । भोज खान गएकी हुन सक्छे भनेर एकछिन धैर्य गर्‍यौं । अबेर रातिसम्म नफर्केपछि खोज्न थाल्यौं । नभेटेपछि भोलिपल्ट मात्रै प्रहरीमा खबर गरेँ,’ संगीताले भनिन् । यसै वर्ष २ कक्षा उक्लिएकी कञ्चन मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा छ ।

जनकपुरको रामानन्द चोकबाट पश्चिमतर्फको सडक रेल्वे लिक पार परेपछि कुर्था गाउँ अगावै दूधमती नदी आइपुग्छ । मधेसमा असारको गर्मीमा नदीको डिलसँगै रहेको आँप बगैँचाको छहारीमा भीडभाड हुन्छ । युवाहरुको उच्छृंखल गतिविधिका कारण छहारीमा आएकाहरुले बस्न नसक्ने स्थानीय बताउँछन् । बगैँचावरपर ओत लाग्न सक्ने हरियो झाडी पनि छ । स्थानीयका अनुसार यही झारीमा लुकेर गाँजा खाने युवाको भीड पनि हुन्छ ।

नशालु पदार्थ सेवन गर्ने अखडानजिकै शुक्रबार बालिका मृत फेला परेपछि स्थानीय त्रसित छन् । नशालु पदार्थ सेवन गर्न आउने समूहले नै बालिकाको हत्या गरेको हुन सक्ने स्थानीयको शंका छ । कान्तिपुर दैनिकमा सन्तोष सिंहले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x