पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ताइवानको परराष्ट्र मन्त्रालयले सोमवार एक बयान जारी गर्दै तिब्बती धर्मगुरु दलाई लामालाई स्वागत गर्ने जनाएको छ । दलाई लामा ताइवान गए भने बेइजिङ आक्रोशित हुने पक्का छ किनकि चीनको नजरमा उनी खतरनाक पृथक्तावादी हुन् ।
दलाई लामा पछिल्लोपटक सन् २००९ मा ताइवान पुगेका थिए तर बहालवाला राष्ट्रपति त्साई इङ–वेनको शासनकालमा उनी त्यहाँ पुगेका छैनन् ।
दलाई लामाको आज जन्मदिन परेको छ र त्यस अवसरमा एउटा भिडियो सन्देश दिँदै उनले ताइवान फेरि जान चाहेको बताएका छन् ।
‘राजनीतिक परिदृश्य परिवर्तन हुँदै जाँदा म फेरि ताइवान भ्रमण गर्न सक्छु । म यसमा आशावादी छु । जे भए पनि मेरो मन तपाईंहरूसँगै छ,’ उनले आफ्नो वेबसाइटमा लेखे ।
ताइवानको परराष्ट्र मन्त्रालयकी प्रवक्ता जोआन ओउले दलाई लामाले भ्रमणका लागि आवेदन नदिएको तर दिएमा सान्दर्भिक नियमअनुसार त्यसलाई अघि बढाउने बताइन् ।
‘हामी पारस्परिक सम्मानको सिद्धान्त र दुवै पक्षको सहजताका आधारमा दलाई लामालाई पुनः ताइवान आएर बौद्ध ज्ञान बाँड्नका लागि स्वागत गर्छौं,’ ओउले भनिन् ।
बेइजिङ ताइवानकी राष्ट्रपतिप्रति गहिरो आशंका राख्छ र उनले ताइवानलाई औपचारिक स्वतन्त्रता दिलाउन खोजेको विश्वास गर्छ । ताइवान स्वतन्त्र देश नै भएको त्साईले बताउँदै आएकी छन् ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...