×

NMB BANK
NIC ASIA

प्रतिपक्षको नाराबाजीकाबीच पारित भयो सुदूरपश्चिमको बजेट

असार २४, २०७७

NTC
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको विरोधकाबीच सुदूरपश्चिम प्रदेश सरकारको आव २०७७/०७८ बजेट प्रदेश सभाबाट पारित भएको छ ।

Muktinath Bank

बुधबार बिहान नाराबाजीकै बीच २ वटा बैठक सञ्चालन भएको सुदूरपश्चिम प्रदेश सभामा दिउँसो भने सभामुख अर्जुनबहादुर थापाले शुरूमै त्यो आँट गर्न सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९ मिनेटसम्म बैठकमा प्रतिपक्षले नाराबाजी गरेपछि सभामुखले कारवाही अघि बढाएनन् ।


Advertisment
Nabil box
Kumari

२ बजेर १२ मिनेटमा शुरू भएको प्रतिपक्षीको नाराबाजी २ः२० सम्म केही नबोलेर सुनेका सभामुखले त्यसपछि ‘माननीय सदस्यहरू तपाईंहरू थाकिसक्नुभयो,’ भने पनि उनीहरू रोकिएनन् ।

Vianet communication

अन्ततः सभामुख थापाले प्रतिपक्षी दलको निरन्तरको नाराबाजीका बीच बजेट पारित भएको घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ ।

चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । 

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश सरकारले कोरोनाको संक्रमण भयावह बन्दै जाँदा पनि सरकारले यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गरिएकोमा मागको सुनुवाइ नगरेर बहुमतको दम्भ देखाएको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रतिपक्षले राखेका माग सुनुवाई गर्न पूर्ण प्रतिबद्धता  नजनाएसम्म सरकारलाई सहयोग नगर्ने बताए ।

जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले सरकारले कोरोनाभाइरस सङ्क्रमण रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँडमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको ५३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएको लगायतका कारणले बाध्य भएर आफूले विरोध गर्नुपरेको बताए ।

गत वर्ष पनि प्रतिपक्षको विरोधका बावजुत प्रदेश सरकारले बजेट ल्याएको थियो ।

त्यसताका प्रतिपक्ष दलले बजेटको रातो किताब समेत जलाएको थियो । तर पछि प्रदेश सरकारले प्रतिपक्षी दलको माग सम्बोधन गरेपछि बजेट कार्यान्वयनमा गएको थियो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x