कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई बढी नै सतर्क रहन चेतावनी दिएको छ । स्वेच्छाचारी रूपमा हिरासतमा लिइने खतरा तथा विदेशी नागरिकलाई देश छोड्नबाट लगाइएको प्रतिबन्धका कारण जोखिम बढेको अमेरिकाको भनाइ छ ।
अमेरिकाको कन्सुलर सहायता नपाएमा नागरिकहरूले कारागारमा लामो समय बिताउनुपर्ने अमेरिकाको परराष्ट्र मन्त्रालयको भनाइ छ ।
बेइजिङले हङकङका लागि राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि यस्तो चेतावनीयुक्त इमेल चीनमा रहेका अमेरिकी नागरिकहरूलाई पठाइएको हो ।
उक्त कानूनमार्फत चीनले क्षेत्राधिकार बाहिर गएर कुनै पनि देशका कुनै पनि व्यक्तिका विरुद्ध अभियोग लगाउन सक्ने र संसारभरिका आलोचकलाई मौन रहन बाध्य पार्ने बताइएको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले के कति कारणले सतर्कता जारी गर्नुपर्ने अवस्था आइलागेको भनी स्पष्ट पारेन तर निजी कुराकानीमा समेत चिनियाँ सरकारको आलोचना गर्दा विदेशी नागरिकहरूका विरुद्ध अभियोगको स्थिति आउने अमेरिकाको भनाइ छ ।
‘चीन सरकारको आलोचना गर्ने निजी सन्देशहरूका लागि समेत सुरक्षाकर्मीहरूले अमेरिकी नागरिकलाई नियन्त्रणमा लिने र/वा सुपुर्दगी गर्ने सम्भावना रहन्छ,’ उसले थप्यो । तर यसको विशिष्ट उदाहरण उसले दिएन ।
दुई महाशक्ति राष्ट्रबीच व्यापार, कोभिड–१९ महाव्याधि, हङकङ, सिनजियाङ लगायतका विषयमा तनावको स्थिति रहेको बेलामा सुरक्षा सतर्कता जारी गरिएको हो ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...