०५ साउन २०८३, मंगलबार

कालीगण्डकी पहिरोमा मृतककाे संख्या तीन पुग्याे: एक बेपत्ता, जनप्रतिनिधि पनि घाइते

असार ३०, २०७७
कालीगण्डकी पहिरोमा मृतककाे संख्या तीन पुग्याे: एक बेपत्ता, जनप्रतिनिधि पनि घाइते

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी एक जना बेपत्ता छन् भने दुई घाइते भएका छन्।

मंगलबार पानीकाे पाइप जाेडन हिँडेका ६ जना स्थानीयहरु पहिरोमा परेका हुन्। 

तीमध्ये कालीगण्डकी गाउँपालिका वडा ४ का इमानसिंह राना, ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो  

पहिरोबाट घाइते भएका रानाको उपचारकाे क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको हो भने अन्य २ जनाको पहिरोमा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

घटनाबारे थाहा पाएपछि वडा प्रहरी कार्यालय वालिङ, बेलटारीबाट खटिएको नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो।

स्थानीयको सहयोगमा दिनभर भएको उद्धार कार्यमा जीमानसिंहको शव साँझ ५ बजेमात्र फेला पारिएको थियो । त्यसपछि मात्र टीकाबहादुर पहिरोमा मृत फेला परेका थिए । 

पहिरोमा अझै कालीगण्डकी गाउँपालिका वडा ४ खहरेका प्रेमचन्द्र पाण्डे बेपत्ता छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। 

पहिरोमा वडा ४ खहरेका ६८ वर्षीय हुमनाथ पाण्डे र वर्ष ५५ का वीरबहादुर रानाको उद्धार गरी उपचारार्थ पाल्पा अस्पताल पठाइएको थियो । उनीहरुको बिर्घा स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको हो। घाइतेमध्ये पाण्डे वडा ४ का वडा सदस्य समेत हुन्। 

पहिरो आएको देखेपछि भाग्ने क्रममा उनीहरु घाइते भएका हुन् । 

उता,  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा ३ चिसापनीका देवबहादुर गेदन मगर मृत फेला परेका छन्।

स्थानीय चिसापानी खोलाको किनार बाँसको झ्याङगमा उनको शव मंगलबार बिहान फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ। उनी अघिल्लो दिनदेखि बेपत्ता थिए। 

घटनास्थलबाट नेकपा स्याङ्जाका अध्यक्ष सूर्य शर्मा ‘पारस’ले हराइरहेका व्यक्तिको भोलि फेरि खोजी गरिने जानकारी दिए।

‘घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ भने बेपत्ताको खोजीकार्य जारी छ,’ पारसले भने, ‘बिहानैदेखि प्रहरीको टोलीले उद्दार कार्य थालनी गरेको थियो ।’


 

salt training

कमेन्ट गर्नुहोस्