×

NMB BANK
NIC ASIA

पर्यटकीय नगरी पोखरामा ४ महिनापछि गुड्यो नगर बस, यात्रु न्यून

साउन ८, २०७७

NTC
Premier Steels

पर्यटकीय नगरी पोखरामा बिहीवारदेखि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् ।

Muktinath Bank

४ महिना लामो लकडाउनपछि बिहीवार बिहानदेखि बस गुड्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा महानगरमा कोरोना भाइरसविरुद्ध आवश्यक मापदण्ड अपनाउँदै विभिन्न यातायात कम्पनीमार्फत कूल संख्याका आधाजसो नगर बस चलाउन थालिएको हो ।


Advertisment
Nabil box
Kumari

अविरल वर्षाबीच पनि सडकमा हरिया र नीला रंगका नगरबस देखेपछि यात्रु पनि दंग छन् । उनीहरू आवश्यक मापदण्ड अपनाउँदै सेवा लिन आतुर छन् । गाडी चढ्न थालेपछि लामो गन्तव्य हिँडेरै पार गर्न बाध्य यात्रुलाई पनि सहज भएको छ ।

Vianet communication

भुवन गुरुङ ग१ख ३८८६ नम्बर बसका चालक हुन् । बिहीवार बिहान ६ बजे बेलाघारीदेखि उनको गाडी छुट्यो । पोखरा–१७ बेलघारीदेखि पोखरा–११ फूलबारीस्थित मणिपाल रुट चल्ने सो बसमा यात्रु भने पातलो संख्यामा चढे ।

चालक गुरुङले भने, ‘मान्छे त छैनन् । बेलघारीदेखि मणिपाल पुगेर बिरौटा फर्किंदासम्म ४ जना मात्र यात्रु चढे । पानी पनि आ’को छ । कम्पनीले चलाउन भनेपछि सेवा त दिनैपर्‍यो ।’

ग१ख ६७८४ नम्बरको बसका चालक बलराम श्रेष्ठले आवश्यक सुरक्षा मापदण्ड अपनाएको दाबी गरे । उनले भने, ‘सरकारले भनेअनुसार ग्लोब्स लगाउने, मास्क लगाउने काम गरेका छौं । यात्रुलाई पनि मास्क लगाउन र स्यानिटाइजर लगाउन सुझाव दिने गरेका छौं ।’

पोखरा–१ बगरदेखि पोखरा–१७ छोरेपाटन रुट चल्ने सो बस ४ महिनापछि मात्र यात्रुको सेवाका निम्ति यसरी देखा परेको हो । गाडीको कूल सिट क्षमता ३० जनासम्म रहे पनि अहिलेको मापदण्ड अनुसार १४ जनासम्म मात्र चढ्न मिल्छ तर बगरदेखि छोरेपाटन आइपुग्दा उनको गाडीमा १ जना मात्र यात्रु चढे ।

ती यात्रु हुन् भलामका श्याम पौडेल । पोखरा नदीपुरदेखि रत्नचोकसम्म जान भनी गाडी चढेका पौडेलले यात्रुलाई दिएको सेवाप्रति कृतघ्न रहेको सुनाए । आफूहरूले सोचेजस्तै सुरक्षा मापदण्ड बसले अपनाएको उनको भनाइ थियो । उनलाई ४ महिना लामो लकडाउनपछि पहिलो पटक नगर बस चढ्दा नौलो अनुभव भएको रहेछ । मुखमा मास्कसहित हातमा ग्लोब्स समेत लगाएका उनले भने, ‘कोरोना भाइरस मुलुकबाट नहटिसकेकोले सबैले ख्याल गर्नुपर्छ ।’

सहचालक राजु श्रेष्ठले सुरक्षा मापदण्डबारे यात्रुलाई पनि सम्झाउने गरेको बताए । यात्रुले मास्क लगाउनुपर्ने, चढ्नुअघि सेनिटाइजर प्रयोग गर्नुपर्ने, सिटमा १ जना मात्र बस्ने, सकेसम्म खुद्रा पैसा ल्याउनुपर्ने उनको सुझाव छ ।

बस चढ्नुअघि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भाडाका लागि सकेसम्म खुद्रा पैसा लिनुपर्ने, कम्तीमा १–१ मिटर दूरीमा रहेर सिटमा १ जना मात्र बस्नुपर्ने लगायत मापदण्ड स्वास्थ्य सुरक्षाको निम्ति अपनाउन भनिएको छ । सोबारे सूचना गाडीको भित्तामै स्पष्टसँग टाँसिएको देख्न पाइन्छ ।

गाडीका चालक र सहचालक दुवैले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, ग्लोब्स लगाउनुपर्ने, यात्रुको लागि स्यानिटाइजर स्पष्ट देख्ने ठाउँमा राख्नुपर्ने, सिट प्लानअनुरुप यात्रु चढाउनुपर्ने, बस स्टपमा मात्र रोक्नुपर्ने लगायत नियम तोकिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x