
करेन्ट लागेर ट्याक्सी चालकको ज्यान गएको छ।
बिजुलीको नाङ्गो तारले छोएको ट्रकलाई अचानक छुँदा करेन्ट लागेर पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षीय ट्याक्सी चालक विकास सुनुवारको आज ज्यान गएको हो। सुनुवार मे १ ज ३०११ नम्बरका ट्याक्सी चालक हुन्।
दोभान–बहानन्दे सडकखण्डमा दोभान बजारबाट सदरमुकाम फुङलिङतर्फ आइरहेको मे १ ख १८६५ नम्बरको ट्रकलाई बिजुलीको नाङ्गो तारले छुँदा करेन्ट लागेको थियो।
करेन्ट लाग्नासाथ ट्रकका चालक पाँचथरको भारपाका ३५ वर्षीय अमृत श्रेष्ठ गम्भीर घाइते भएको कार्यालय ताप्लेजुङ प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।