०३ साउन २०८३, आइतबार

धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा

धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा
प्रतिकार्यात्मक तस्वीर।

धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले भोलि सोमबार जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ।

ती नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै भोलि १९ गते रक्षा बन्धन (जनै पूर्णिमा) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन्।  

नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताए।

धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ। यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्