×

NMB BANK
NIC ASIA

मन्त्रालयको कार्यसम्पादनप्रति गृहमन्त्री असन्तुष्ट, कार्यशैलीमा सुधार गर्न निर्देशन

साउन १८, २०७७

NTC
Premier Steels

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य प्राप्तिका लागि कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायलाई  निर्देशन दिएका छन्।

Muktinath Bank

आइतबार मन्त्रालयमा आयोजित आव ०७६/७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले आधारभूत रुपमा सफल भए पनि पूर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्य आधारभूत रुपमा सफलता प्राप्त ग¥यौँ तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौँ। त्यसैले आगामी दिनमा अहिलेका कमजोरी सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस्,’ उनले भने। 


Advertisment
Nabil box
Kumari

अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमा मात्रै काम सक्ने परिपाटीको अन्त्य गर्न उनले निर्देशन दिए।

Vianet communication

राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएको उल्लेख गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशिल भएरै निर्वाह गर्न मातहतका निकायलाई निर्देशन दिए। 

एनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दै त्यस्ता कार्य दोहरिए कारवाही गर्ने चेतावनी समेत दिए।

गृहमन्त्री थापाले अहिले सिमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सिमामा पाँच सय बिओपी स्थापनाको प्रक्रिया अगाडि बढाएको भन्दै त्यसका लागि आवश्यक स्रोतसाधनका लागि पहल भइरहेको जानकारी दिए।

गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोस्रो चौमासिकबाट परिणाम आउने गरी  काम गर्न निर्देशन दिए।

नीति, योजना, अनुगमन तथा मूल्यांकन  महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले गत आर्थिक वर्षमा मन्त्रालयले १९ विभिन्न विषयमा नीतिगत तथा कानुनी सुधार गरेको, लागुऔषध प्रयोगकर्ता सर्वेक्षण सम्पन्न गरेको, मन्त्रालय र अन्तर्गतको बेरुजू फर्छयौट ७५ प्रतिशत भएको, अध्यागमन विभागमा बायो मेट्रिक पहिचान सहितको नेपाली पोर्ट सुरु भएको, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि डिएमएस सूचना प्रणालीको प्रयोग गरिएको, कैदीबन्दीलाई सीपमुलक तालिम प्रदान सुरु गरिएको, ३६ स्थानमा सिमामा सुरक्षाका लागि थप बिओपी स्थापना गरिएको लगायतका कार्य विवरण प्रस्तुत गर्नुभएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x