×

NMB BANK
NIC ASIA

स्पेन : भ्रष्टाचारको आरोप लागेपछि पूर्वराजाले देश छोडे

साउन २०, २०७७

NTC
Premier Steels

स्पेनका पूर्वराजा हुआँ कार्लोसले देश छोड्ने निर्णय लिएको त्यहाँको राजदरबारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन गरिने भएपछि उनी स्पेनबाट निस्कने भएका हुन् । 

Muktinath Bank

८२ वर्षीय कार्लोसले आफ्ना छोरा फेलिपेलाई पत्र लेखेर देश छोड्ने घोषणा गरेका हुन् । कार्लोसले ६ वर्षअघि छोरालाई गद्दी सुम्पेका थिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियोजनकर्ताहरूले अन्तर्वार्ता लिन चाहेमा आफू उपलब्ध हुने उनले बताए । 


Advertisment
Nabil box
Kumari

जुन महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबमा द्रुत गतिको रेलमार्ग निर्माण सम्झौतामा भएको भ्रष्टाचारमा हुआँ कार्लोस संलग्न रहेको विषयमा अनुसन्धान शुरू गरेको थियो । 

Vianet communication

पूर्वराजा कुन ठाउँमा बस्नेछन् भन्ने कुरा स्पष्ट भइसकेको छैन तर स्पेनी मिडियाले चाहिँ उनी देश छोडेर गइसकेको भनी लेखेका छन् । 

सन् १९७५ मा तानाशाह जनरल फ्रांकोको मृत्युपछि स्पेनलाई निरंकुश शासनबाट लोकतन्त्रको बाटोमा डोहोर्‍याउन योगदान गरेका राजाको यसरी बेइज्जतीपूर्ण बहिर्गमन दुर्भाग्यपूर्ण भएको बताइएको छ । 
 

हुआँ कार्लोसले लगभग ४० वर्ष राजगद्दी सम्हालेपछि सन् २०१४ मा त्यागेका थिए । त्यतिखेर उनका छोरीज्वाईं भ्रष्टाचार काण्डमा संलग्न रहेको भनी अनुसन्धान गरिएको थियो अनि स्पेनमा आर्थिक संकट परेको बेलामा राजा हात्तीको शिकार गर्न गएको विषय विवादमा परेको थियो । 
 

स्पेनी कम्पनीहरूले मक्काबाट मदिनासम्म द्रुत गतिको रेलमार्ग निर्माणको ठेक्का जितेकोमा भएको भ्रष्टाचारमा पूर्वराजाको पनि संलग्नता रहेको भन्ने चाहिँ अहिलेको विवाद हो । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x