×

NMB BANK
NIC ASIA

कोरोनाका कारण भएका मृत्युभन्दा आत्महत्या ३७ गुणा बढी, आर्थिक अभाव मुख्य कारण

साउन २२, २०७७

NTC
Premier Steels

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १२ बाहुनगाउँका ३४ वर्षीय बलराम उप्रेतीले आइतवार घरनजिकैको रुखमा डोरीले पासो लगाएर आत्महत्या गरे ।

Muktinath Bank

भारतमा रोजगारी गरेर जीविका चलाउँदै आएका उप्रेती लकडाउन हुनुभन्दा केही समय अगाडि अर्थात् २०७६ साल चैत ४ गते नेपाल आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि भन्दै सरकारले २०७६ चैत ११ गतेदेखि झण्डै ४ महिना लामो लकडाउन गर्‍यो ।


Advertisment
Nabil box
Kumari

सीमा नाका अझै सिल छन्, भारतमा कोरोना संक्रमण अझै बढी छ । सोही कारण उनी रोजगारीका लागि भारत फर्किन पाएनन् ।

Vianet communication

पुर्ख्यौली सम्पत्ति नभएका उप्रेतीले भारतमा रोजगारी गरेरै एउटा सानो छाप्रो घर बनाएका थिए । उनका श्रीमती र दुई छोरा (८ र ७ वर्षीय) छन् ।

कोरोना संकट लम्बिँदै जाँदा उनी आर्थिक रूपमा समस्यामा थिए ।

केही दिनअघि छिमेकी गोपी घिमिरेसँग उनले भनेका रहेछन्, ‘अब त बाँच्नै समस्या होला जस्तो छ, यति बेलासम्म त भारत गएर २०/२५ हजार कमाइसक्थ्येँ ।’ 

पछिल्लो समय टोलाइरहने, श्रीमतीलाई पनि केही नभनी हिँड्ने जस्ता अस्वाभाविक व्यवहार गर्न थालेको सुनेको उनले बताए ।

कोरोनाभाइरसको संक्रमणले गर्दा रोजगारी गुमेपछि आर्थिक अभावका कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धादिङको प्रारम्भिक निष्कर्ष छ ।

‘हामीले अनुसन्धान गर्दा बलरामले रोजगारीमा जान नपाएपछि आर्थिक अभावका कारण आत्महत्याको बाटो रोजेको जस्तो देखिन्छ,’ जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले भने ।
....

धादिङकै नीलकण्ठ नगरपालिका– ६ की संगिता मग्रातीले विष सेवन गरेर आत्महत्या गरिन् । सामान्य परिवारकी संगीताका पनि २ सन्तान छन् । 

श्रीमान र उनी दुवैले ज्याला मजदुरी गर्दै आएका थिए । श्रीमान् श्रीमतीबीच पनि कुनै मनमुटाब भएको जानकारी नभएको छिमेकी बताउँछन् ।

कोरोनाका कारण छोराछोरी पाल्न समेत गाह्रो भयो भनेर उनले छिमेकीहरूलाई भन्ने गरेको खुलेको डीएसपी खड्काले बताए ।

‘लामो समयको लकडाउनले ज्याला मजदुरी गर्न नपाउँदा आर्थिक रूपमा विचलित भएको देखिन्छ,’ डीएसपी खड्काले लोकान्तरसँग भने ।

कोरोनाभाइरसका कारण रोजगारी गुमाएर खान तथा बस्न समेत समस्या भएपछि आत्महत्याको बाटो रोज्ने गरेको देखिएको मनोचिकित्सकहरू बताउँछन् ।

दैनिक ज्यालादारी गर्दै आएका मानिसहरूले खान बस्नको समस्याले पनि आत्महत्याको बाटो रोजेको प्रहरी अनुसन्धानहरूको निष्कर्ष छ ।

नेपालमा लकडाउनको अवधिमा नेपालमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालले जनाएको छ । 

प्रहरीको तथ्यांकअनुसार २०७६ चैत ११ गतेदेखि २०७७ साउन ४ गतेसम्मको अवधिमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन्, यसमध्ये सबैभन्दा धेरै झुन्डिएर १ हजार ८ सय २८ जना, पानीमा हामफालेर १२ जना, छतबाट हाम फालेर १९ जना, विष खाएर ३ सय ४६ जना, हातहतियार र औजारबाट ८ जना र करेन्ट लगाएर १ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । 

चैत ११ बाट शुरू भएको लकडाउन साउन ७ गते अन्त्य भएको थियो । अहिलेसम्म कोरोनाका कारण ६० जनाको मृत्यु भएको पुष्टि भएको छ । 

यसबीचमा आत्महत्या गर्नेको संख्या कोरोनाका कारण मृत्यु हुने भन्दा ३७ गुणा बढी छ ।

५ नम्बर प्रदेश आत्महत्या गर्नेमा अगाडि छ । लकडाउनको अवधिमा उक्त प्रदेशका ४ सय २९ जनाले आत्महत्या गरेका छन् । बाग्मती प्रदेशमा ३ सय ८५ जनाले र उपत्यकामा १ सय ४९ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशमा आत्महत्याको संख्या सबैभन्दा थोरै १ सय १९ रहेको प्रहरीको तथ्यांक छ ।

पछिल्लो २ महिनामा आत्महत्या गर्नेको संख्या अधिक बढेको देखिन्छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २ महिनामा आत्महत्या गर्नेको संख्या ९ सय ९८ छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाउनु, लामो समयसम्म घरमा बस्नु, आर्थिक अभाव र विभिन्न कारणले गर्दा आत्महत्याको बाटो रोजेको देखिन्छ । 

पछिल्लो एक वर्ष (२०७६ साउन १ देखि २०७७ साउन ४ सम्म) को तथ्यांक हेर्ने हो भने नेपालमा ६ हजार २७९ जनाले आत्महत्या गरेको देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x