×

NMB BANK
NIC ASIA

विदेशी पर्यटकले बनाउन सिके ‘नेपाली थाली’

साउन २२, २०७७

NTC
Premier Steels

नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन एक दिनको तालिम लिएका छन् । पोखराको चिप्लेढुङ्गास्थित कान्तिपुर होटल ट्रेनिङ इन्टिच्युटबाट विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन सिकेको होटल सञ्चालक विजय पौडेलले जानकारी दिए ।

Muktinath Bank

‘उहाँहरु विभिन्न देशका नागरिक हुनुहुन्छ, बन्दाबन्दीले नेपालभित्रै रहनुपरेपछि एकअर्काबीच साथी भएर ग्रुप बनाउनुभएको रहेछ, एकदिन हामीलाई नेपाली खाना बनाउने तालिम दिनुस् भनेर आउनुभयो, हामीले १० जनाको टोलीलाई तालिम दियौँ,’ पौडेलले भने, ‘उक्त टोलीमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, फ्रान्सलगायत देशका नागरिक रहेका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्रान्सका नागरिक माइकलले नेपाली खाना निकै स्वादिष्ट लागेको र पकाउँदा पनि निकै रमाइलो लागेको प्रतिक्रिया दिए । उनले अहिले लेकसाइडबाट थाइ मसाजको तालिम लिइरहेको बताए । आफ्ना केही साथी पोखरा आसपासका पदयात्रामा गएकाले उनीहरु फर्केपछि साथीलाई पनि नेपाली खानाका थाली बनाउन तालीममा सहभागी गराउने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

प्रशिक्षकद्वय निश्चल देवकोटा र विजय सुवेदीले पर्यटकलाई नेपाली खाना बनाउन सिकाएका थिए । ‘निकै मेहनत र रुचिपूर्वक तालिममा सहभागी हुनुभयो छोटो समयमा पनि मीठो नेपाली खाना बनाउन उहाँहरु सफल हुनुभयो,’ प्रशिक्षक देवकोटाले भने ।

Vianet communication

पर्यटकले आफूले बनाएको नेपाली खाना सबैजना मिलेर खाएको अर्का प्रशिक्षक सुवेदीको भनाइ थियो । उनले भने, ‘हामीले एकदिन तालिममा दाल भात तरकारी, अचारलगायतको आइटम बनाउन सिकाएका थियौँ, निकै रुचिपूर्वक सिक्नुभयो ।’

सुवेदीका अनुसार उनीहरुले बिहान ९ बजेदेखि दिउँसोको समयमा दालभात तरकारी अचारका आइटम बनाउन सिकेको थिए । कान्तिपुर होटल टे«निङ इष्टिच्युटले २०६३ सालदेखि सञ्चालनमा आएयता करिब २६ हजारलाई कुक तालिम दिइसकेको छ ।

तालिम लिएका ६० प्रतिशत विदेशका विभिन्न होटल तथा तारे होटलमा कार्यरत छन् भने ४० प्रतिशत नेपालभित्रै रोजगार र स्वरोजगार रहेको सञ्चालक पौडेलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x