नाङ्गो मान्छेले सडकमा गाडी रोक्न खोजेपछि रिसाएका ट्याक्सी ड्राइभरले हाने मुक्का [भिडियो]

युक्रेनमा एउटा नाङ्गो युवकले जबर्जस्ती सडकमा सवारी रोक्न खोज्दा हङ्गामा भएको छ । शरीरको कपडा उतारेर ती व्यक्ति सडकमा निस्केका थिए ।

उनले बाटोमा चलिरहेका गाडीहरू रोक्न खोजेपछि ट्याक्सी ड्राइभरहरूले मुक्का हानेका थिए ।


Advertisement

चिसो मौसममा ती व्यक्ति किन बाहिर निस्केर बाटो बन्द गर्न खोजे भन्ने अहिलेसम्म जानकारीमा आएको छैन ।


Advertisement

नजिकै रहेका अर्का व्यक्तिले खिचेको भिडियो फुटेजमा ती नाङ्गो व्यक्तिले सडकमा हिंडेका गाडीहरूलाई रोक्न खोजेजस्तो देखिन्छ ।

सडकमा हिंड्ने मान्छेहरू उनको यस्तो हर्कत देखेर हाँसेका थिए तर एउटा ट्याक्सी ड्राइभरलाई रीस उठ्यो । अचानक अनुहारमा मुक्का परेपछि ती व्यक्ति भुइँमा ढलेका थिए ।

भिडियो -

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्