×

NMB BANK
NIC ASIA

पुरानै स्वरुपमा फर्कँदै वाग्मती सफाइ महाभियान

साउन २४, २०७७

NTC
Premier Steels

 राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि यहाँका नदी एवं चक्रपथ सफाइ अभियान भने पुरानैस्वरुपमा फर्कन थालेको छ ।
 
पाँच महिनासम्म पनि कोरोना नघटेपछि भौतिक दूरीसहित स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ अभियानलाई पुरानैस्वरुपमा फर्काउन थालिएको हो । गत चैत ११ गतेपछि माइकबाट नारा लगाउन बन्द गरिएकामा आजदेखि शुरु गरिएको छ । नारामा अभियानकर्मीले ‘म मेरो बासस्थान र वरपरको वातावरण सफा राख्न लागीपर्छु’ भनी शपथ खान्छन् ।
 
शङ्खमूल क्षेत्रको बुद्धनगरमा पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौडेलको नेतृत्वमा सफाइ गरिएको हो । वाग्मती सफाइ महाअभियानको ३७८औँ हप्ताका अवसरमा विसं २०७० जेठ ५ गते सफाइ महाअभियान शुरु गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वमुख्यसचिव पौडेलले अभियानकर्मीलाई शपथ गराएका हुन् ।
 
जीवन विज्ञान र स्थानीय क्लबले उद्यान बनाउन लागेको वाग्मती किनारस्थित बुद्धनगरमा सफाइ गरी कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिए । सफाइमा अभियानकर्मी नारायणकुमार श्रेष्ठ, प्रिया लामिछाने, रामशरण कार्की, हनुमानमार्ग टोल सुधार समिति, जीवन विज्ञानलगायत स्थानीयवासी सहभागी भएका थिए । त्यस्तै पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । पशुपति क्षेत्रमा वाग्मतीको बहाव बढेकाले धेरै फोहर नभेटिएको उनले सुनाए ।
  
गुह्येश्वरीमाथिको वाग्मती सफाइ महाअभियानको ३३८ औँ हप्तामा गोठाटार पुलमुनिको नदी किनार दायाँबायाँ सफाइ गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा हुने यस क्षेत्रको नदी सफाइ घरदेखि वाग्मती सफा गरौँ भन्ने नाराका साथ हुने गरेको छ । पुलमुनिको नदी क्षेत्रमा आज सफाइ गरी कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको छ । कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गर्ने गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । त्यस क्षेत्रको नदी किनारमा रोपिएका बिरुवा गोडमेल पनि गरिएको थियो ।
 
रुद्रमती सफाइ अभियानको ३३३ औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको पूर्वी भागमा सफाइ गरिएको छ । भौतिक दूरी कायम गरी नदी किनारका बिरुवा गोडमेल समेत गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । यसैगरी विष्णुमती सफाइ अभियानको ३०६ औँ हप्तामा नयाँबसपार्कबाट मनोहरतीर्थसम्म सफाइ गरिएको छ । यसअघिका दुई हप्तामा विष्णुमती किनारमा गरिएको वृक्षरोपणलाई निरन्तरता दिइएको छ ।

Muktinath Bank

यसअघिका दुई हप्तामा १२३ बिरुवा रोपिएकामा आज २७ वटा रोपिएको छ । रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने, मलजल गरी हुर्काउने जिम्मेवारीमा समेत अभियान लागिपरेको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । 
 
बिरुवा संरक्षणका लागि कान्तिपुरी बहुउद्देश्यी सहकारी संस्थाले २५, स्थानीय पसलधनी एवं उदारमना दाताले २० गरी ४५ वटा तारबार प्राप्त भएको जनाइएको छ । बाँकी १५० वटा तारबारका लागि सहयोगी मनलाई आह्वान गरिएको अभियानले जनाएको छ । वाग्मती तिलगङ्गा खण्ड २६० औँ हप्ताको सफाइ गरिएको छ । कोरोनाको सन्त्रास रहेकाले भौतिक दूरी कायम गर्दै नदी किनारमा जम्मा भएको फोहर टिपी जनचेतनामूलक अभियानसहित सम्पन्न गरिएको अभियानकर्मी आशा पाण्डेले राससलाई जानकारी दिए ।
 
आलोकनगर सफाइको १७७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी खुला स्थानमा रोपिएका बिरुवा संरक्षण एवं गोडमेल गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए । त्यस्तै गोदावरी खोला सफाइ अभियानको ७५औँ हप्तामा गोदावरी नगरपालिका वडा नं. १ गोदामचौरस्थित धर्मटार क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको सफाइ संयोजक बेबी राजभण्डारीले बताए । महिला तथा बालबालिकाको सक्रियतामा यस क्षेत्रको सफाइ हुँदै आएको छ । 
 
एकल घुम्ती सरसफाइ अभियानको १८औँ हप्तामा दुर्गा भुसालले संयुक्त राष्ट्रसङ्घीय उद्यान (युएन पार्क) क्षेत्रमा सफाइ गर्नुभएको छ । उद्यानमा सफाइ एवं व्यवस्थापन गर्न १५ जना कर्मचारीको व्यवस्था गरिए पनि अवस्था दयनीय रहेको उनले सुनाए । पूर्णप्रसाद मिश्र,रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x