×

NMB BANK
NIC ASIA

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता जाखारोभाको कडा बोलीले खिच्यो सबैको ध्यान

साउन २८, २०७७

NTC
Premier Steels

रुसको परराष्ट्र मन्त्रालयमा पहिलो महिला प्रवक्ताका रूपमा मारिया जाखारोभाले पाँच वर्ष बिताइसकेकी छन् । उनले कडा बोलीका कारण अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी छन् । 

Muktinath Bank

दिनहुँ गरिने पत्रकार सम्मेलनमा जाखारोभाले नघुमाइकन कुरा राख्ने गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई बीबीसीले संसारका शीर्ष १०० प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा राखेको छ । उनले प्रेस रूम बाहिरको जीवन पनि संसारलाई देखाएकी छन् । सन् २०१६ मा रुस–आसियान शिखर सम्मेलनमा गण्यमान्य


Advertisment
Nabil box
Kumari

व्यक्तिहरूका अगाडि परम्परागत कालिन्का लोकनृत्य प्रस्तुत गरेकी थिइन् र त्यसको भिडियो संसारलाई देखाउन उनी धक मान्दिनन् । 

Vianet communication

रुसको परराष्ट्रनीतिका चासोका विषयको प्रतिरक्षा गर्दा उनी कुरा चपाउँदिनन् । सिरिया, युक्रेन, स्क्रिपाल घटना र कुख्यात रसियागेटका विषयमा उनी स्पष्ट धारणा राख्छिन् । 

सन् २०१६ को फेब्रुअरी महिनामा अमेरिकाको परराष्ट्र मन्त्रालयका उपप्रवक्ता मार्क टोनरले सिरिया शान्ति सम्झौताका विषयमा रुसलाई स्वीकार गर्न वा चुप लाग्न भनेका थिए । त्यस्तो गैरकूटनीतिक भाषा प्रयोग गरेकोमा

जाखारोभाले कडा जवाफ फर्काउँदै ‘तिमीहरूको कूटनीतिक सञ्चार यस्तै किसिमको हुन्छ भने आफ्नै सहकर्मीलाई चुप लाग्न भन’ मार्क भनेकी थिइन् । 

अमेरिकाको मूलधारे सञ्चारमाध्यमलाई झूटो खबर नफैलाउन उनले सीधै भनेकी छन् । 
 

जाखारोभालाई कवितामा पनि रुचि छ । सन् २०१६ को मे महिनामा एक पत्रकार सम्मेलनका क्रममा उनले कवितालाई कूटनीतिक साधन बनाउँदै रोबर्ट बर्न्सको कवितालाई अलिक तोडमरोड गरेर प्रस्तुत गरेकी थिइन् । 

जस्तालाई त्यस्तै जवाफ फर्काउनुका अतिरिक्त जाखारोभाले कलात्मक नृत्य समेत प्रस्तुत गर्ने गरेकी छन् । सन् २०१८ को अगस्ट महिनामा सर्बियामा भएको ५८औं ब्रास ब्यान्ड फेस्टिभलमा उनले बाल्कन संगीतमा कम्मर हल्लाएको भिडियो चर्चित बनेको थियो । 

त्यसको एक वर्षपछि उनले ककेसिया क्षेत्रको परम्परागत नृत्य लेजगिन्का उत्तरी ककेसस क्षेत्रमा प्रस्तुत गरेकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x