हत्या मुद्दाका दोषी १० वर्षपछि पक्राउ

प्रतिकात्मक तस्वीर

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उनीसहित अन्य ४ जनालाई विक्रम संवत् २०६७ असोज महिनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो ।


Advertisement

कर्तव्य ज्यान मुद्दामा सजाय तोकेसँगै फरार रहेका थापालाई प्रहरीले १० वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । उनीसँगै पक्राउ परेका अन्य ४ जना भने अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् ।

थापा पक्राउ परेसँगै उनलाई कैद भुक्तानीका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्