नेपाललाई सापटीमा मल दिन बंगलादेश तयार

काठमाडौं । नेपाललाई ५० हजार टन युरिया मल दिन मित्रराष्ट्र बंगलादेश तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता गरेर मल सहयोग मागेका थिए । 

सरकारको आग्रहसँगै कृषि मन्त्रालयले समेत परराष्ट्र मन्त्रालयमार्फत छलफल गरेकोमा बंगलादेश  युरिया मल दिन तयार भएको हो ।  यससँगै  आज बसेको मन्त्रिपरिषद्को बैठकले सो मल ल्याउने अधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिए । 


Advertisement

धानका लागि युरिया मलको अभाव भएपछि सरकारले बंगलादेश सरकारसँग ५० हजार टन युरिया मल सहयोग अथवा सापटीमा दिन आग्रह गरेको थियो । सोही आग्रह वमोजिम त्बंगलादेशी सरकारले सापटीको रुपमा मल दिन सहमति जनाएको हो । 

नेपाल सरकारले बंगलादेशबाट मल ल्याएको आठ महिनाभित्र फिर्ता गर्नुपर्ने बताइएको छ । मल ल्याउनका लागि अहिले मन्त्रालयले प्रक्रिया अघि बढाएको बताइएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्