×

NMB BANK
NIC ASIA

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य !

असोज ४, २०७७

NTC
Premier Steels

जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । 

Muktinath Bank

यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए । उनले भने, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको तथा सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय हरि विकले बताए । उनले भने, “ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।” ग्यास विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारीसम्म लिने नगरेको स्थानीय उपभोक्ताको गुनासो छ ।


Advertisment
Nabil box
Kumari

दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले रु एक हजार ३१३.७५ मा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्ने गरेको बताए । उनले भने, “कम्पनीले लोड, अनलोड तथा भ्याटको रकम नजोडेर बिल पठाएको हुन्छ, पछि उक्त रकम अलग बिलमा जोडेर दिएको हुन्छ, अनि हामीले उक्त रकम जोड्दा बढी आउने भएकाले बढी रकम लिएका हौँ, गलत मूल्य लिएका छैनौँ ।” डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको डिलर व्यापारी खड्काले स्वीकार गरे । 

Vianet communication

त्यस्तै पिपल्लामा रहेका ग्यास बिक्री गर्ने सबडिलर अवस्थी तथा बोहरा पसलमा सोही ग्यासको रु एक हजार ६०० पर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ । कैलालीका ग्यास डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडालगायत लोड, अनलोड तथा पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालकहरुले स्वीकार गर्नुभएको छ । जिल्लामा खुलेआमरूपमा यसरी ग्यासको मूल्य पसलैपच्छिे फरक पाउने गरेको छ ।
  
उता डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारवाही गरिने बताए । उनले भने, “ग्यासमा सरकारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, यसरी पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गर्नैपर्छ ।” जिल्लाका कुनकुन पसल तथा व्यापारीले यसरी बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् सो विषयमा अनुगमनसहित जानकारी लिन र कारवाही गर्नका लागि आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x