१० साउन २०८३, आइतबार

यी सुन्दर पुरुषले मच्चाए सामाजिक सञ्जालमा चर्चा

पुस २०, २०७७
यी सुन्दर पुरुषले मच्चाए सामाजिक सञ्जालमा चर्चा

चीनका एक पुरुषलाई एउटा टीभी कार्यक्रममा देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनी अत्यन्तै सुन्दर भएको भनी प्रशंसा गरेका छन् । 

पूर्वी चीनको निङ्बो शहरमा बस्ने झाङलाई आफ्नो बाथरूमको शीशाको ढोका फुटेको गुनासो गरेको भिडियो सार्वजनिक भएको थियो । 

झाङको सुन्दर मुहार देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू मन्त्रमुग्ध भएका छन् । उनको सानो भिडियो फूटेजले वीबोमा २४ घन्टाभित्र पाँच करोड भ्युज पाएको छ । 

यी २२ वर्षीय युवकलाई झजियाङ टेलिभिजनले उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रमका लागि अन्तर्वार्ता लिएको थियो । 

सेप्टेम्बर ८ मा नुहाइरहँदा भाडामा रहेको फ्ल्याटको शीशाको ढोका आफैं चकनाचुर भएको झाङले दाबी गरे । 

फुटेको शीशाले आफ्ना दुवै हात गहिरो गरी काटेको उनले बताए । उपचारका लागि आफूले ९४ सय युआन तिर्नुपरेको उनको भनाइ छ । 

झाङले स्थानीय सञ्चारमाध्यमको सहायताले आवासीय व्यवस्थान कार्यालयबाट क्षतिपूर्ति खोजिरहेका थिए । 

तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको शीशाको ढोका भन्दा पनि अनुहारमा ध्यान दिन थालेका छन् । 

प्रेमिका बनाउने हो भनी महिला प्रयोगकर्ताहरूले उनलाई सोधेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्