कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सिन्धुली घर भई पोखरामा डुंगा चलाउने ५१ वर्षीय सुन्दर विश्वकर्मालाई फेवातालमा डुंगा चलाउन थालेको ३२ वर्ष भयो । तर अहिलेजस्तो बेचैनी कहिल्यै भोग्नुपरेन ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले ६ महिना उनको डुंगा चल्न पाएन । पेशा व्यवसाय ठप्प बन्यो ।
सरकारले असोज १ गतेदेखि डुंगा चलाउन छुट त दियो तर हप्ता दिन भयो उनको पालो आएको छैन ।
उनी २०४५ सालतिर कामको खोजीमा पोखरा आए । सिन्धुलीको सलपाबाट आएका उनी फेवामा डुंगा चलाउने त्यस भेगका सबैभन्दा पुराना चालक हुन् । उनी पोखरा आएपछि सिको गर्दै धेरै मानिसहरू सलपाबाट फेवामा डुंगा चलाउन आए ।
सुन्दर भन्छन्, ‘म आएको ३२ वर्ष भो । यहाँ आउँदा सिन्धुलीको सलपाबाट कोही आएका थिएनन् । म पहिलो हो । पछि धेरै जना आए । तर यतिका समय बितिसक्दा अहिलेजस्तो अवस्था कहिल्यै भएन ।’
सुन्दर बिहीवार बिहान ग्राहकको पर्खाइमा बसेका थिए । उनको डुंगा नम्बर ५८ हो । फेवामा डुंगा चलाउन फेवा डुंगा व्यवसायी समितिले आलोपालो प्रणाली लागू गरेको छ । गत वर्षको चैत ११ गतेदेखि फेवातालमा डुंगा चल्न रोकिएका थिए ।
सरकारले असोज १ गतेदेखि चलाउन पाउने स्वीकृति दिए पनि भोलिपल्ट असोज २ गतेदेखि मात्र डुंगा चालकले सिक्रीले बाँधिएका डुंगा खोल्न थाले । तर अपेक्षाकृत ग्राहक पाउन सकेका छैनन् । आलोपालो प्रणालीअनुसार हप्ता दशदिनमा पनि पालो पाउन मुस्किल छ ।
फेवातालको बाराहीघाटबाट कूल ३५६ डुंगा चल्छन् । उनको डुंगा नम्बर अगाडि नै भएकाले पालो आउने समितिले जानकारी दिएपछि पालो कुरेर बसेको बताए । आफ्ना ५ वटा डुंगा फेवामा चल्दै आएकोमा पहिलो डुंगाको पालो बल्ल आउन लागेको उनले बताए ।
फेवामा डुंगा चलाउने अर्का पाका चालक हुन् चिजमान गुरुङ । कास्कीको घान्द्रकका उनले फेवामा डुंगा चलाउन थालेको १७–१८ वर्ष पूरा भयो । चिजमान पनि सुन्दरझैं पालो पर्खेर बसेका छन् । लामो समय लकडाउन र निषेधाज्ञाले उनको डुंगा चलाउने पेशा रोकिएको थियो । रोजीरोटीको लागि ६१ वर्षको उमेरमा पनि डुंगा चलाउन नछोडेका चिजमानले लोकान्तरसँग भने, ‘७ दिन भो आउँदै जाँदै गरेको । पालो आएको छैन ।’
परिवारमा उनकी पत्नी र २ छोरीहरू छन् । सबै जना चिजमानको डुंगामा आश्रित थिए । तर कोरोना भाइरस प्रभाव कारण उनीहरू सबैको रोटीरोटी गुम्यो, तैपनि डुंगा चलाउन पाइन्छ कि भनी कुर्दै बसे । असोज लागेपछि डुंगा चलाउन पाइने भएपछि केही खुशीको सञ्चार त ल्यायो तर यात्रु नै नआएपछि यसरी हप्ता दिनसम्म पालो कुर्नुको विकल्प छैन । विगत ६ महिनासम्म डुंगा चलाउन नपाएपछि उनीहरू बेसहारा बने । वडा कार्यालय र डुंगा व्यवसायी संघले दिएको केही राहतमा चित्त बुझाए । चिजमानले त्यसबेला जीवन धान्न बेलाबखत कुल्ली काम गरेको सुनाए ।
एउटा डुंगा तालको बीचमा रहेको बाराही मन्दिर वरिपरि घुमाएर ल्याउँदा ४०० रुपैयाँसम्म कमाइ हुन्छ । बाराही मन्दिर दर्शनका लागि भने अझै रोक लागेकाले त्यसको वरिपरि मात्र भौतिक दूरी कायम गरी चलाउन पाइएको छ । नभए डुंगा भाडामा लिएर जाने पनि बेलाबखत आउँछन् । १ घण्टाको ६०० रुपैयाँसम्म दररेट तोकिएको छ । समय बढी लिन चाहे, त्यसअनुरुप पैसा बढ्दै जान्छ ।
डुंगा व्यवसायी समितिका अनुसार बाराही घाटबाट हाल दैनिक औसत १० वटा डुंगाले मात्र पालो पाउने गरेका छन् । पहिलो दिन मात्र ७ डुंगा चलेका थिए । असोजयता १ दिनमा सबैभन्दा बढी १२ र सबैभन्दा कम ७ वटा डुंगा चलेको आलोपालो प्रणाली व्यवस्थापन गर्दै आएका संघका कर्मचारी जीवन विकेले जानकारी दिए । उनले भने, ‘लकडाउन खुलेर गाडी चल्न थाले पनि मानिसहरू आएकै छैनन् । त्यसैले असाध्यै कम डुंगा चल्न पाएका हुन् । अहिले त झन् बाराही मन्दिर जान पाइँदैन । कहिले खोल्ने हो खै ?’
एउटा डुंगामा बढीमा १० जनासम्म अट्ने भए पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले ४ जनाभन्दा बढी चढाइएको छैन । यात्रुको अलि बढी आवातजावत हुँदै गए छिटो–छिटो पालो आउने उनको भनाइ छ ।
काभेपलाञ्चोकका दिनेश सापकोटा सार्वजनिक यातायात खुलेपछि पोखरा घुम्न आएका छन् । फेवातालमा डुंगा सयर गर्न ‘लाइफ ज्याकेट’ लगाउँदै गर्दा भेटिएका उनी भने उत्साहित छन् । किनकि उनले हालसम्म फेवामा डुंगा सयर गरेका छैनन् । उनको लागि यो पहिलो अनुभव हो । काभ्रे घर भए पनि रोजगारीको सिलसिलामा काठमाडौं बस्ने दिनेशले लोकान्तरसँग भने, ‘पोखरा घुम्न आउँदा कसो डुंगा नढ्नु भनेर आको । धन्य हामीहरू भाग्यमानी रहेछौं, लामो समयसम्म रोकिएका डुंगामा चढ्न पाइयो ।’
सिजनको बेलामा फेवामा डुंगा सयरहरूले पालो कुरेरै बस्नु पथ्र्यो । तालभरि डुंगाको ताँती लाथ्यो । दिनैपिच्छे पनि हरेक डुंगाले पालो पाउने गरेका थिए । अहिले सिजन भएर पनि कोरोना प्रभावले समग्र पर्यटन व्यवसायसहित पेशा थिलोथिलो भएको हो । फेवातालमा डुंगा चलाएरै ५०० जना डुंगा चालकको रोजीरोटी चल्ने गरेकोमा कोरोनाकै कारण उनीहरूको गाँस गुम्दै जाने डर छ ।
फेवा डुंगा व्यवसायी समिति अध्यक्ष बुद्धिबहादुर नेपाली भन्छन्, ‘निम्न आय भएका मानिसहरूले छाक टार्ने माध्यम डुंगा पेशा थियो । अहिले बेला नै यस्तो पर्यो । कोरोना कहिले हट्छ र सजिलो होला ।’ फेवातालमा डुंगा व्यवसाय व्यवस्थापनका लागि २०५१ सालमा बुद्धिबहादुर नेपालीको अध्यक्षतामा फेवा डुंगा व्यवसायी समिति गठन भएको हो । फेवामा विभिन्न ८ वटा घाटमा हाल ८०० वटा डुंगा चल्छन् । सबैभन्दा बढी बाराही मन्दिर जान बाराहीघाटबाट ३५६ डुंगा सञ्चालित छन् ।
फेवातालमा बाराहीघाट सहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुंगा चल्छन् । तर सबै घाटमा डुंगा कथा उस्तै छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...