×

NMB BANK
NIC ASIA

नाडा अटो शोलाई ‘मिस’ गर्दै व्यवसायी, दशैंतिहार लक्षित उपहार र स्किमको होडबाजी !

असोज १६, २०७७

NTC
Premier Steels

कोरोना महामारी नहुँदो हो त यतिखेर ‘विवाह मण्डपमा सिंगारिएकी बेहुली’ जसरी काठमाडौंको भृकुटीमण्डप सिंगारिएको हुन्थ्यो, तर कोरोनाका कारण भृकुटीमण्डपमा पहिलेजस्तो रौनक छैन । 

Muktinath Bank

दशैं नजिकिँदै गर्दा प्रायः भदौ महिनामा नै नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले अटो शो आयोजना गर्ने गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक वर्ष आयोजना हुने यस प्रकारको शोमा चारपाङ्ग्रे तथा २ पाङ्ग्रे सवारी साधनहरूको प्रबर्द्धन तथा व्यापार आक्रामक हुन्छ । 


Advertisment
Nabil box
Kumari

यसपटक भने नाडा अटो शो हुन सकेन । मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले विभिन्न किसिमका निषेधाज्ञाहरू जारी गर्दा सवारी साधनको कारोवार ठप्प प्रायः नै बन्यो ।

Vianet communication

अहिले विस्तारै बजार चल्दै जाँदा भने क्रमिकरूपमा व्यापार हुन थालेका छन्, तर नाडाले यसपालि कोरोनालाई नै कारण देखाउँदै अटो शो आयोजना गरेन । 

‘विश्वव्यापी रूपमा फैलिएको महामारीलाई मध्यनजर गर्दै अटो शो आयोजना हुन सकेन,’ लोकान्तरसँग नाडाका महासचिव सुनिल रिजालले भने ।

मुलुकमा हुने एकमात्र अटो शो हो नाडा अटो शो । ‘यो इतिहासमै पहिलोपटक हुन सकेन । अहिलेसम्म अन्य कुनै कारणले रोक्न नसकेको अटो शो यस वर्ष कोरोनाले रोक्यो,’ उनले भने । 

बजार बन्द हुँदा ठप्प भएको अटो बजार अब भने विस्तारै चल्ने क्रममा छ । उनले भने, ‘अहिले क्रमिक रूपमा बजार चल्दैछ । दशैंको समयमा थोरै भए पनि किनबेच हुन्छ भन्ने अपेक्षा छ ।’ 

*****

कोरोना महामारीका कारण हुन नसकेको अटो शोलाई अहिले अटो व्यापारीहरूले ‘मिस’ गरिरहेका छन् । अन्य अवस्थामा भए ग्राहकसँग आफ्ना गाडीहरूको बारेमा कुराकानी गर्न र बिक्री गर्न भ्याइनभ्याइ हुने बिक्रेताहरू अहिले हात बाँधेर बस्नु परेको छ । अग्नि ग्रुपका निर्देशक वरदान बस्नेत अटो शो हुँदा र नहुँदामा धेरै फरक परेको बताउँछन् ।

‘अटो शो नहुँदा हामीले ग्राहकलाई प्रत्यक्ष रूपमा गाडीबारे बुझाउन सकेका छैनौं,’ लोकान्तरसँग उनले भने, ‘महामारीमा व्यापार सबै प्रभावित छ, अटो शो मिस भइरहेको छ ।’

दशैं तथा तिहार नजिकिँदै गर्दा अन्य कम्पनीहरूले धमाधम स्किम तथा नयाँ गाडी लञ्च गर्ने घोषणा गर्दै गर्दा अग्निको भने त्यस्तो योजना छैन । 

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले अहिले महामारीका समयमा ग्राहकहरू पनि किन्न नआउने भन्दै कुनै पनि योजना सार्वजनिक नगरेको निर्देशक बस्नेत बताउँछन्  । उनले भने, ‘महिन्द्रले चाडपर्वलक्षित त्यस्तो केही योजना बनाएको छैन, बजार चल्दै जाँदा केही त पक्कै आउला ।’

यस्तै, अटो शोले बजाजलाई खासै असर नपरेको बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.की असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंह बताउँछिन् । 

उनले भनिन्, ‘नयाँ शोकेस् ल्याउने तयारी छ भने एउटा प्ल्याटफर्म हुन्थ्यो अटो शो, नत्र खासै टच हुँदैनौं । अहिले अटो शो नहुँदा नि त्यस्तो असर परेको छैन ।’ 

उनले दशैंतिहार आउँदै गर्दा गत वर्षहरूमा जस्तै बजाजको कारोबार राम्रो भइरहेको बताइन् । उनले भनिन्, ‘फेस्टिभ सिजन शुरू हुँदा अहिले कारोबार पहिलेको जस्तै भइरहेको छ ।’

यता, किया मोटर्स नेपालका एजीएम अनिश लामिछाने अटो शो ‘मिस’ भइरहेको बताउँछन् ।

लोकान्तरसँग उनले भने, ‘दशैंअगाडि शो गर्ने, बुकिङहरू कलेक्ट तथा डेलिभरी गर्ने पहिलादेखिको ट्रेन्ड थियो, त्यो ‘मिस’ भएको जस्तो लागिरहेको छ ।’

अहिलेसम्म गाडीको बुकिङहरू भइरहेको बताउँदै अवस्था सामान्य हुँदै गए छिट्टै व्यापार बढ्ने उनले विश्वास व्यक्त गरे ।

दशैंतिहारको अवसरमा ‘किया सोनेट’ गाडी ल्याउन लागेको बताउँदै उनले यसलाई उपभोक्ताले रुचाउने बताए । 

कुन कम्पनीको कस्तो अफर ? 

कोरोना महामारी कायमै छ, र पनि पहिलेजस्तो बजार बन्द गरेर बस्न सक्ने अवस्था अहिले छैन । त्यसैकारण २ पांग्रे तथा ४ पांग्रे सवारीसाधनहरूले विगतमा जस्तै दशैं तिहारका लागि ‘आकर्षक अफरहरू’ ल्याएका छन् ।

दशैं तिहारको समयमा केही न केही कारोवार हुने भन्दै उनीहरूले उपभोक्तालाई सहज हुनेगरी अफर ल्याइएको दाबी गरेका छन् ।

टाटा 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले दशैंतिहारलाई लक्षित गरी आकर्षक योजना सार्वजनिक गरिसकेको छ । 

टाटा मोटर्सको नयाँ प्यासेन्जर भेहिकल खरिदमा उसले ४ लाखसम्मको नगद छुट योजना ल्याएको छ । यस्तै ५० हजारभन्दा बढीको एक्सचेञ्ज बोनको व्यवस्था गर्नुका साथै १ वर्षको ‘रोड ट्याक्स’ निःशुल्क गरिदिएको छ । यसका साथै सिप्रदीले सदाझैँ गाडीको खरिदमा आकर्षक उपहारको पनि व्यवस्था गरेको छ ।

‘यो दशैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर,’ यो स्लोगानमा सिप्रदीले कमर्सियल भेहिकलहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ । 

असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लागू हुनेगरी उसले सर्भिसमा प्रयोग हुने इन्जिन ओइल, गियर ओइल, ब्रेक चेञ्ज लगायतमा १२ प्रतिशत, लुब्रिकेन्ट्समा २० प्रतिशत, ब्याट्री एक्सचेञ्जमा २० प्रतिशत लगायतका छुटको घोषणा गरेको छ ।

सुजुकी 

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ११ असोजदेखि शुरू हुनेगरी दशैंतिहारलक्षित अफर ल्याएको छ । 

‘सुजुकी पर्वोत्सव’ अफरअन्तर्गत ग्राहकलाई सिजीले ३ लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसरिजहरू निःशुल्क दिनेछ ।  

ह्युण्डाइ

​ह्युण्डाइ अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दशैंतिहार वेलकम टु ह्युण्डाइ परिवार’ योजना ल्याएको छ ।

असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेगरी कम्पनीले योजना दशैं, तिहार र छठको अवसरमा ल्याएको हो । यस योजनाअन्तर्गत, ग्राहकहरूले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप रु. १ लाखसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसका साथै ग्राहकहरूले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् । 

किया 

कोरियन अटो निर्माता कियाको नेपालका लागि अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले दशैंतिहारको अवसरमा ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन् । योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन् ।   

निशान

निशानले ‘धमाकेदार दशैं, तिहार तथा छठ’ अफर सार्वजनिक गरेको छ । जसमा शून्य प्रतिशत डाउनपेमेन्ट सुविधा रहेको छ । साथै ९ महिनासम्म ईएमआई तिर्नुपर्नेछैन ।

उक्त अफर नलिएमा अर्को अफर पनि कम्पनीले दिनेछ । यो अफरमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट, ग्राहकलाई ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइलफोन दिइनेछ ।

यस्तै हरेक निशान गाडीको खरिदमा ५० हजारसम्मको फ्री एसेसरिज, एक वर्षसम्मको निःशुल्क बीमा, १० वर्षसम्मको फाइनान्सिङ लगायतको सुविधा छ । ​

बजाज

​बजाजले दशैंतिहारका लागि ‘रोजेरै खुशी’ योजना सार्वजनिक गरेको छ । ‘खुशी खोज्ने होइन रोज्ने’ भन्दै कम्पनीले आवश्यकता अनुसार १० हजार रुपैयाँसम्मको छुट, ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदर तथा २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल खरिद गर्ने सुविधा दिएको छ ।​

टीभीएस 

नेपालका लागि टीभीएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ‘टीभीएस दशैँको आशा’ योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरमा ७ हजार वा शून्य प्रतिशत व्याजदरमा खरिद गर्ने सुविधा छान्न सकिने छ ।  

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले आरआर ३१०  जित्ने अवसर पाउनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x