मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
शरीरलाई स्वस्थ राख्नका लागि क्याल्सियम र प्रोटीनजस्तै भिटामिन डीको पनि प्रमुख भूमिका हुन्छ । यो बोसोमा सजिलै घुल्छ र यसले आन्द्राबाट क्याल्सियम सोसेर हड्डीसम्म पु–याउने काम गर्छ ।
शरीरमा भिटामिन डीको कमी हुँदा अनेकथरी रोग लाग्छ । यसको आपूर्ति हाईड्रक्सी कोलेस्ट्रोल र सूर्यको परावैजनी किरणहरूबाट हुन्छ । अनि केही खाद्यपदार्थमा पनि भिटामिन डी भरपूर मात्रामा पाइन्छ ।
धेरैजसो त मानिसले शरीरमा भिटामिन डीको कमी भएको छ भन्ने नै थाहा पाउँदैनन् । सही समयमा यसका लक्षणहरू चिनेर यसको मात्राको कमीलाई पूरा गर्न सकिन्छ । भिटामिन डीको कमी हुँदा शरीरले यस्ता संकेत दिन थाल्छ :
थकान लागिरहने
शरीरमा भिटामिन डीको कमी हुँदा थाकिने काम नगर्दा पनि शरीर थाकेको जस्तो हुन्छ । यसले गर्दा तनाव पनि बढ्छ । यस्ता लक्षण देख्नुभएमा कम्तीमा १० मिनेट घाममा बस्नुस् ।
जोर्नीमा पीडा
मांसपेशी तन्केको जस्तो हुने, जोर्नीमा पीडा, हाड दुख्ने र पिठ्युँ दुख्ने जस्ता समस्या देखिएमा अनि कुनै कारणविना नै कपाल झर्न थालेमा भिटामिन डीको कमी भनी बुझ्नुपर्छ ।
शरीरको तापक्रम बढ्ने
भिटामिन डीको कमी हुँदा शरीरको तापमान ९८.६ डिग्रीनजिक पुग्छ र शरीरबाट पसिना पनि खुबै आउँछ । यसबाहेक निमोनिया, चिसो लाग्ने र ब्रोंकाइटिसका समस्या पनि छिट्टै निको हुँदैनन् ।
चोट छिट्टो ठीक नहुने
दुर्घटनामा कुनै चोट लागेको छ भने वा हड्डी भाँचिएको छ भने भिटामिन डीको कमीका कारण ठीक हुन लामो समय लाग्छ ।
उच्च रक्तचाप
रक्तचाप र ब्लड सुगरको स्तर उच्च बनिरहनु पनि भिटामिन डीको कमीको एक कारण हुनसक्छ । उच्च रक्तचाप हुँदा मुटुका रोग र मधुमेह पनि हुनसक्छ ।
भिटामिन डीको कमीका कारण
आवश्यकताभन्दा बढी तौल, जाडोमा घाममा नबस्ने, उमेर बढ्दै जाने, भिटामिन डी भएको खानेकुराको कमी, गाढा रंग भएको छाला हुनु केही कारण हुन् ।
केही मानिसलाई घाममा बस्दा छाला चिलाउने समस्या हुन्छ । भिटामिन डीले भरपूर आहार लिँदा यो कमीलाई पूरा गर्न सकिन्छ ।
त्यस्तो आहारमा दूध, मक्खन, माछा, सुन्तला, अण्डा, च्याउ, कड लिभर तेल, गाजर लगायत पर्दछन् ।
एजेन्सी
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...