×

NMB BANK
NIC ASIA

विदेशिने हजारौं युवालाई छोएन चुनावी रौनकले

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ वैशाख –मुलुकमा चुनावी सरगर्मी बढेको छ । गाउँ –गाउँमा चुनावी प्रचारमा जुट्नेको लस्कर छ । काठमाडौं तथा देशका प्रमुख शहरमा राजनीतिक दलहरू चुनावी अभियानलाई तीब्र बनाएका छन् ।

एकातिर चुनावी परिणाम आफ्नो पोल्टामा पार्न राजनीतिक दलका नेता तथा कार्यकर्ता जोडतोडका साथ लागेका छन् भने अर्कोतिर त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जानेको लस्कर पनि उस्तै छ । राजनीतिक दलले आफ्ना चुनावी नारामा वर्षेनी लाखौंको संख्यामा रोजगार सृजना गर्नेदेखि औद्योगिक क्रान्ति गर्नेसम्मका सपना बाँडिरहेका बेला गाउँतिरका हजारौं युवा काम र मामका लागि वैदेशिक रोजगारमा जान भौंतारिईरहेका छन् ।

१९ वर्षपछि देशव्यापी रुपमा हुन लागेको स्थानीय तहको चुनावले हजारौं बेरोजगार युवालाई छुन सकेको देखिँदैन । चुनावी पर्वमा होमिन सक्ने स्थिति नभएर उनिहरू कुम्लो बोकेर विदेशिन बाध्य छन् ।

मंगलवार त्रिभुवन विमानस्थलमा नारायणगढका साजन कुवँर हातमा पासपोर्ट र भिसाको फाइल बोकेर कतार जानेको पंक्तिमा उभिएको देखिए । उनीजस्तै एउटै म्यानपावर कम्पनीबाट अरु एक दर्जन युवा पनि विदेश जाने तयारीमा थिए ।

गरीवलाई नेपालमा केही गर्ने वातावरण नभएको बताउने साजनले आफूले चुनावमा भोट हाल्ने ठूलो धोको हुँदाहुँदै पनि भिसा आएर विदेश जानुपरेको बताए । ‘गाउँमा चुनाव लागेको छ, के गर्ने ? हाम्लाई विदेश नगइ नहुने रहेछ,’ साजनले थपे, ‘भोट हाल्ने मन त थियो, भिसा आइहाल्यो, जानैपर्ने भयो ।’ आफू कुनै राजनीतिक दलको सक्रिय कार्यकर्तासमेत रहेको बताउने साजनले भिसा आउनुभन्दा पहिले भने चुनाव प्रसारमा लागेको समेत बताए ।

प्रायः एकै उमेरका युवा विदेश जान लागेको देखिने पंक्तिमा उमेरले अलिक पाको रुपन्देही सैनामैनाका छबिलाल गैरे १७ वर्षदेखि कतारमा बस्दै आएको र दुई महिने बिदामा नेपाल आएको बताउँछन् । ‘अन्त्यमा बस्न त देशमा छ, तर गरीखान र बालबच्चा पढाउन विदेश जानुपर्ने स्थिति हामी सबै नेपालीको छ ।’ भोट हाल्ने मन हुँदाहुँदै पनि दुई महिने विदा सकिएकाले चुनाव अघि नै फर्किन लागेको बताउँदै उनले थपे, ‘नेपालमा सबैथोक महंगो छ । काम गर्ने वातावरण छैन ।’

विदेशको भिसा आएका गुल्मीका सुवास पन्थीलाई पनि चुनावी रन्कोले पटक्कै छोएको देखिएन । घरको आर्थिक स्थिति सुधार्न विदेश जान लागेको बताउने सुवासले मतादाता नामावलीमा नामसमेत नभएकाले आफूलाई चुनाव नलागेको बताए । ‘राजनीतिमा हिँडिएन, बुझ्दा पनि बुझिएन,’ उनले भने । गाउँमा चुनावले राम्रै छोएपनि आफूले भने कुनै पार्टीप्रति विश्वास नगर्ने सुवासले बताए । ‘जसले जितेपनि नेपाल सधै यस्तै हो । नेता बनाउन हामीले किन भोट हाल्ने?’ सुवासले आक्रोश पोखे ।
सुर्खेतका गणेशबहादुर सार्की र कुलबहादुर सार्की एकैसाथ विदेश जान लागेका छन् । एकैसाथ विदेश जान लागेका यी साख्य दुई भाइले लामो प्रयासपछि बल्ल विदेश जाने संयोग जुरेको बताए । पहिले पनि विदेश आउजाउ गरेका यी दुई भाइलाई विदेश पानी पँधेरोजस्तै भएको छ । नेपालमा सोझाका लागि काम पाउने वातावरण नभएको बताउँछन्, उनीहरु । ‘सात महिनामा बल्ल भिसा लागेको छ । भोट हाल्ने मन त थियो नि !’, गणेशले लोकान्तरसँग भने ।

विदेशमा गइराख्नु पर्दा आफूहरूले मतदाता परिचयपत्रसमेत बनाउन नपाएको बताउँछन्, कुलबहादुर । ‘नाम त लेखाएको हो तर हाम्रो त भोटर लिस्टमा नाम पनि छैन । भोट हाल्ने मन भएर मात्र के गर्नु ! भोटको पछि लागेर पनि भएन । कमाएर जीवन धान्न पनि प-यो,’ कुलबहादुरले भने ।

विदेश जान लागेका धेरैले नेपालमा अवसर नभएकाले नै आफू विदेश जानुपरेको बताउँछन् । विदेशिने अधिकांशको त मतादाता नामावली नाम छैन । र, उनीहरुलाई नामावलीमा नाम होस् भन्ने पनि लाग्दैन । राजनीतिले निराश तुल्याएका धेरै युवालाई मतदाता नामावलीमा आफ्नो नामभन्दा भिसामा आफ्नो नाम भइरहोस् भन्ने चाहेको अधिकांशले बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x