×

NMB BANK
NIC ASIA

दैनिकजसो एकाबिहानै झिसमिसेमा दाउराको भारी साइकलमा बोकेर कञ्चनपुरको पुनर्वास नगरपालिका–१० अमरबस्तीबाट धनगढी पुग्छन् १५ वर्षीय विमल विक ।

Muktinath Bank

कहिलेकाहीँ मात्र होइन, कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीपछि उनी दैनिकजसो पुनर्वासबाट साइकलमा दाउराको भारी बोकेर धनगढीका होटलमा बेच्न आउने गरेका छन् ।
 
बिहानको ६ बजे सधैजसो साइकलमा दाउरा ल्याएर बेच्ने उनको रहर होइन, बाध्यता हो । ‘घरमा कमाउने कोही छैनन् । बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँको कमाइले मात्र घर खर्च चलाउन निकै मुस्किल पर्छ,’ उनले भने, ‘त्यसैले मैले दाउरा संकलन गरेर बेच्ने गरेको छु । दाउरा संकलन गर्न आमाले पनि सघाउनुहुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि दाउरा बेच्न थाले ...


Advertisment
Nabil box
Kumari

गाउँकै स्कूलमा ७ कक्षामा अध्ययन गरिरहेका उनी कोरोना त्रासका कारण विद्यालय बन्द भएपछि फुर्सदिला बने । ‘केही समयपछि अनलाइन कक्षा सञ्चालन हुने जानकारी पाएको भएपनि आफूसँग मोबाइल र इन्टरनेट नहुँदा मैले अनलाइन कक्षा लिन पाइनँ,’ उनले भने, ‘त्यसपछि लामो समय लकडाउन भयो । घरमा भएको अन्नपानी पनि सकियो । केही दिन त छिमेकीबाट मागेर छाक टार्‍यौं तर त्यसरी कति दिन नै चल्थ्यो र ? अनि गाउँको जंगलबाट दाउरा संकलन गरेर बेच्न थालें ।’

Vianet communication

भारतमा मजदुरी गर्ने उनका बुवाको जागिर कोरोना संक्रमणपछिको बन्दाबन्दीले खोसियो । ‘बुवा पनि बल्लतल्ल घर पुग्नुभयो,’ उनले भने, ‘घरमा छाक टार्नै मुस्किल परेपछि हामीले दाउरा संकलन गरी बेच्न थालेका हौं ।’

दाउरा संकलन गरेर बेच्न उनलाई त्यति सजिलो छैन । बिहान उठ्ने बित्तिकै दाउराको भारी साइकलमा धनगढी पुर्‍याएर घर गएपछि फेरि भोलिका लागि दाउरा संकलन गर्न उनी आमासँगै जंगल जाने गर्छन् । ४–५ महिनादेखि दैनिकजसो दाउरा बेचिरहेको उनले बताए ।

दाउरा बेचेर दशैं खर्च 

अमरबस्तीका विमल विक मात्रै होइन, त्यहाँबाट धेरै व्यक्तिहरू दाउरा बेच्न धनगढी पुग्ने गरेका छन् । कोरोना भाइरसको प्रभावले सबै रोजगारी खोसिएपछि अधिंकाशले दाउरा बेचेरै दशैं खर्च जुटाउन थालेका छन् । ‘होटलमा १ भारी दाउराको २५० रुपैयाँ दिन्छन्,’ विमल भन्छन्, ‘मैले त दाउरा बेचेरै दशैंका लागि नयाँ कपडा किनिसकेको छु । दशैं खर्च २ हजार पनि दाउरा बेचेरै जम्मा गरेको छु ।’

दाउरा बेच्न धनगढी पुगेकी अमरबस्तीकी १७ वर्षीया पुष्पा बोहराले दशैंको खर्चका लागि दाउरा बेचिरहेको बताइन् । ‘यसपालि त नयाँ लुगा पनि किन्ने हो, दाउरा बचेकै रुपैयाँबाट दशैैंमा मासु पनि खाने हो,’ उनले भनिन् ।

अमरबस्तीकै ४६ वर्षीया पार्वती नेपालीले १–१ भारी दाउरा बेचेर रकम जम्मा गरी ७ हजार भएको बताइन् । ‘यसपालि यसै पैसाले दशैं मनाइन्छ । हाम्रो त आम्दानीको स्रोत नै यही हो । दाउरा बेचेरै हाम्रो गुजारा चलिरहेको छ,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x