×

NMB BANK
NIC ASIA

शिक्षकको जागिर छाडेर बगरमा केराखेती गर्दै भुषाल

कात्तिक १०, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन् ।

Muktinath Bank

लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करीब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए । ‘पहिले बस्ती थियो तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्‍यो, यो स्थान बगरमा परिणत भयो,’ उनले भने, ‘बगरमा परिणत भएपछि यो स्थानमा अहिले मैले व्यावसायिक केरा खेती गर्न थालेको छु ।’ 


Advertisment
Nabil box
Kumari

वार्षिक ३ लाख ६० हजार भाडा दिने सम्झौता गरी जग्गाामा ‘जी नाइन, वैलिएम हाईब्रेड र हरि साल’ जात लगायतका १५ हजार केराका बिरुवा रोपेको उनको भनाइ छ । ३ वर्षदेखि व्यावसायिक केरा खेती शुरू गरेका भुषालले पहिलो सिजनमै २ लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए ।

Vianet communication

एउटा केराको बोटमा २७५ वटासम्म कोसा लाग्ने गरेका छन् । उनले दोस्रो सिजनमा करीब ७ लाख आम्दानी गर्ने योजना बनाएका छन् । अहिले दोस्रो सिजनको केरा पनि तयार भइसकेको उनको भनाइ छ ।

हाल उत्पादन भएका केराहरू लमही बजारमै खपत हुने गरेको उनले बताए ।

प्रायः फुटकर व्यवसाय गर्ने मानिसहरू फार्ममै पुगेर केरा लैजाने गरेका छन् । उनले केरा खेतीलाई अझै फराकिलो बनाउने सोचमा रहेको बताए ।

‘अहिले १२ बिघामा केरा खेती छ । तर यतिले मात्रै पुग्दैन,’ उनले भने, ‘यसलाई बढाएर करीब ३० बिघा बनाउने योजनामा छु ।’ केरा खेतीका लागि मल आवश्यक हुने भएकाले अब केरा खेतीसँगै भैंसी र बाख्रापालन गर्ने योजना बनाएको समेत उनले बताए ।

बाख्राका लागि खोर समेत तयार पारिसकेको भन्दै कृषि फार्मका लागि २५ लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । भुषालले अहिले प्रदेश सरकारबाट अनुदानका लागि प्रक्रिया अगाडि बढाएको बताए ।  कृषि ज्ञान केन्द्र दाङले भने ४ लाख अनुदान दिइसकेको छ । 

भुषालले लमहीस्थित खिमबहादुर शाह माध्यमिक विद्यालयमा गणित विषयमा १० वर्ष अध्यापन गराएका थिए । त्यसपछि २ वर्ष निजी विद्यालयमा पनि अध्यापन गराएका उनले शिक्षक पेशाभन्दा पनि कृषि पेशामा सम्भावना देखेपछि पेशा रोजेका हुन् ।

उनले केरा खेतीको रेखदेखका लागि १ जनालाई रोजगारी समेत दिएका छन् । अन्य खेती जस्तै केरा खेतीमा पनि निकै मेहनत गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार वर्षमा २ पटक मल दिनुपर्ने र केराको बोटलाई सफाइ गरिरहनुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x