×

NMB BANK
NIC ASIA

तिब्बतीहरूलाई भौतिक शिक्षादीक्षामा जोड दिँदै चीन

कात्तिक १४, २०७७

NTC
Premier Steels

चीनले तिब्बतीहरूको सोच तथा मूल्यमान्यतामा परिवर्तन ल्याएर उनीहरूलाई देशको मूलधारतर्फ ल्याउनका लागि जोड दिइरहेको छ । 

Muktinath Bank

तिब्बतका कट्टर बौद्धहरूलाई धर्ममा कम, भौतिक समृद्धिमा बढी जोड दिन उसले आग्रह गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तिब्बतका केही बानीहरू खराब छन् । जीवनमा खुशी खोज्ने भन्दा पनि मरेपछि जीवन खोज्ने सोचमा जोड दिने धर्मको नकारात्मक प्रभाव यसका लागि जिम्मेवार छ,’ तिब्बत स्वायत्त क्षेत्रका अध्यक्ष चे धलाले भने । 


Advertisment
Nabil box
Kumari

चीनले केही विदेशी पत्रकारहरूलाई तिब्बतको भ्रमणमा लगेको थियो । त्यसक्रममा अधिकारीहरूले गरीबी निवारणमा गरिएका प्रयासहरू देखाएका थिए । परिवारहरूलाई थप राम्रो घरमा सार्ने, विद्यालय बनाउने, व्यावसायिक तालिम दिने र च्याउखेती लगायतका व्यापारिक विकासका कार्यक्रम यसमा पर्छन् । 

Vianet communication

यस वर्षको अन्त्यसम्ममा देशका ग्रामीण क्षेत्रमा गरीबी निर्मूल गर्ने चीनको योजना छ । 

अधिकारीहरूले यी प्रयासहरू तिब्बतीको मस्तिष्क व्यवस्थापन गर्नका लागि समेत गरिएको बताए । शताब्दियौंदेखि तिब्बतीहरू कट्टर धार्मिक समाजमा बसिरहेका छन् । उनीहरू पुनर्जन्ममा विश्वास गर्छन् र आफ्ना आध्यात्मिक नेताप्रति भक्तिभाव राख्छन् । 
 

काइकुताङ गाउँका प्रमुख देक्यी पाल्द्रोनले गरीब परिवारलाई सरकारले सित्तैमा नयाँ घरहरू दिलाएको र त्यसमा बुद्धको प्रार्थना गर्ने छुट्टै कोठा बनाउन नहुने बताए । नास्तिक कम्युनिस्ट पार्टीबाट फाइदा लिएर बुद्धको पूजा गर्नु दोहोरो चरित्र हुने उनको भनाइ छ । 

सन् १९५० मा चिनियाँ सैनिकहरू तिब्बत प्रवेश गरेर कब्जा जमाएका हुन् । बेइजिङले यसलाई शान्तिपूर्ण मुक्ति भन्ने गरेको छ । 

चीनविरुद्ध विद्रोह विफल भएपछि आध्यात्मिक नेता दलाई लामा सन् १९५९ मा तिब्बतबाट निर्वासित भएका थिए । लामो समयसम्म गरीबीको मारमा परेको तिब्बत राजनीतिक रूपमा चीनको सबभन्दा संवेदनशील र नियन्त्रित क्षेत्र हो । 

सरकारी सहयोग पाएका स्थानीय बासिन्दाहरूलाई धर्ममा पैसा खर्च रोक लगाइएको छ र त्यसको साटो आफू र आफ्ना लागि पैसा कमाउने हिसाबमा लगानी गर्न प्रोत्साहन गरिएको छ । 
 

निङ्चीमा रहेको एक व्यावसायिक विद्यालयमा एउटा साइनबोर्ड छ जसमा विद्यालयले पृथक्तावादविरुद्ध दलाई लामाको भर्त्सना र मानिसहरूलाई निष्क्रिय बनाउनबाट धर्मलाई रोक्ने विचारधारात्मक तथा राजनीतिक शिक्षा दिने गरेको भनी लेखिएको छ । 
 

तिब्बतीहरूको घरमा दलाई लामाका तस्वीरहरू प्रदर्शन गरिन्थे भने पत्रकारहरूलाई देखाइएका सबै घरमा राष्ट्रपति सी चिनफिङका पोस्टरहरू देखिन्छन् । 

चीन तथा कम्युनिस्ट पार्टीप्रति बफादारिताको आग्रह गरिएका प्रोपागान्डा नाराहरू तिब्बतका होर्डिङ बोर्डहरूमा देखिन्छ । 

रोयटर्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x