×

NMB BANK
NIC ASIA

कोरोनाको मारमा सिनेमा जगत

फिल्म हल नचलेपछि 'क्युएफएक्स'का निर्देशक उद्धिन मःम: व्यवसायमा

कात्तिक २०, २०७७

NTC
तस्वीर - नकिम उद्धिनको फेसबूकबाट
Premier Steels

नेपालमा अत्याधुनिक सुविधासम्पन्न भवनमार्फत चलचित्र प्रदर्शन शुरू गरेको पहिलो कम्पनी हो – क्यूएफएक्स । स्थापनाको एक दशमा क्युएफएक्सका शाखा काठमाडौंदेखि मोफसलसम्म पुगेको छ । करोडौं लगानी भएको छ ।

Muktinath Bank

सामान्य हलमा चलचित्र हेर्ने बानी पारेका दर्शकलाई सुविधासम्पन्न अन्तराष्ट्रिय किसिमको हल शुरू गरेर एक दशकमै अधिकांश चलचित्रप्रेमीको मन जितेको क्युएफएक्स यतिबेला पूर्ण रुपमा बन्द छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्युएफएक्ससँग जोडिएका सयौं कर्मचारीको पनि रोजीरोटी गुमेको छ । 'रोजीरोटी गुमेको मेरो पनि हो,' क्युएफएक्सका निर्देशक नकिम उद्धिनले भने, ‘कोभिड–१९ का कारण न म न कर्मचारी सबैलाई गाह्रो परेको छ ।’


Advertisment
Nabil box
Kumari

कोरोनाका कारण ८ महिनादेखि हल ठप्प भएका छन् । हल कहिले खुल्छ ? भन्ने प्रश्नमा उनले भने, 'त्यो सम्भावना छैन । अब हल नखुल्दासम्मको एउटा विकल्प मःम व्यापार हो मेरो लागि । सोहि कारण मःम व्यापार शुरू गरेको हुँ ।’

Vianet communication

रेगल सिनेमाजका अध्यक्ष तथा चलचित्र संघका पूर्व अध्यक्षसमेत रहेका उद्धिनले यसै हप्तादेखि फोर्जन मःमको कारोवार काठमाडौं र ललितिपुरका विभिन्न स्थानमा शुरू गरेको जानकारी दिएका छन् ।

'कहिलेसम्म हल खुल्ला भनेर कुर्नु ?' उनले प्रश्न गरे, ‘अहिलेको स्थितिमा हल खुलेपनि दर्शक आउने सम्भावना एकदमै कम छ । महिनौं बेरोजगार भएर बस्न त सकिन्न । सोहि कारण म र मेरो परिवारको पेट पाल्नकै लागि भएपनि यो कारोवार सुरु गरेको हुँ ।’

'मैले मःम व्यापार शुरू किन गरेँ ?' उनले आफैलाई प्रश्न गर्दै भने, ‘खाली बस्दा दिमाग ह्याङ भयो । यसका लागि पनि हो । अर्को कुरा आर्थिक रुपमा झन् झनु् नाजुक हुँदै गयो स्थिति । सोही कारण पनि मःम व्यापार शुरू गरेको हुँ ।’

नकिमलाई उदाहरणिय योङ इन्टरप्रेनरको रुपमा लिइन्छ । क्युएफएक्सको सफलतामा नकिमको सबैभन्दा ठूलो हात छ । नकिमका अनुसार कोरोनाको त्रास अहिले हटेपनि अझै १ वर्ष हलमा दर्शक आउने सम्भावना कम छ ।

उनले अन्तिममा भने, ‘करोडौं खर्च भएको क्युएफएक्स संचालन हुनका लागि परिस्थिति सही हुनुपर्छ । यत्तिकै हल खुल्नेवाला छैन । भारत र विदेशका विभिन्न देशमा पनि हल खुले, तर दर्शक नआएपनि बन्द भए ।’

कोरोनाको औषधी नआउँदासम्म हल व्यापार पहिलेजसरी संचालन हुन नसक्ने नकिमको अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x