०३ साउन २०८३, आइतबार

बस दुर्घटनाले दोगडाकेदार शोकमा

कात्तिक २८, २०७७
बस दुर्घटनाले दोगडाकेदार शोकमा

दशरथचन्द राजमार्गअन्र्तगत पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राती बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । त्यसमा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका २÷२ जनाको मृत्यु भयो ।

बैतडीका मृत्यु हुने सबै तीन जना एउटै गाउँका रहेका छन् । यस्तै सात जना घाइते पनि भए । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका–६ सित्तडका हुन् ।  मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करनसिंह ऐरी छन् ।  

मृत्यु हुने तीनै जनाका श्रीमती र छोराछोरी पनि सँगै बसमै सवार थिए । उनीहरु घाइते अवस्थामा बाचेका छन् । तीन जनाको मृत्यु र सात जना घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुख व्यक्त गरेको छ ।  गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले एक शोक वक्तव्य निकालेर दुख व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ, “उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको छ,  मृतकप्रति श्रद्धाञ्जलीका साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्