×

NMB BANK
NIC ASIA

निर्माण सामग्रीको मूल्य अस्वाभाविक वृद्धि: कार्टेलिङ गरिएको व्यवसायीको आरोप, अनुगमनमा विभाग

मंसिर १६, २०७७

NTC
Premier Steels

पछिल्ला दिनहरूमा बजारमा निर्माण कार्यमा प्रयोग हुने फलामजन्य वस्तुहरूको मूल्यमा अचाक्ली वृद्धि भएको छ ।

Muktinath Bank

असोज महिनादेखिनै फलामजन्य वस्तुहरू (रड, स्टिल, रोलिङ)हरूको मूल्यमा वृद्धि भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।


Advertisment
Nabil box
Kumari

कोरोना महामारीसँगै ठप्प रहेको बजारमा निर्माण कार्य विस्तारै शुरू हुन थाल्दा आवश्यक सामग्रीहरूको मूल्यमा वृद्धि भएको र काम गर्न समस्या भएको निर्माण व्यवसायीहरूले जनाएका छन् ।

Vianet communication

कोरोना महामारीका कारण थप्प अर्थतन्त्र चलायमान हुँदै जाँदा फलामजन्य निर्माण सामग्रीहरूको अचाक्ली मूल्यवृद्धि भएको छ ।

कोरोनाका कारण रोकिएका निर्माणका कामहरू विस्तारै शुरू हुँदै जाँदा फलामजन्य निर्माण सामग्रीहरूको मूल्यमा अचाक्ली वृद्धि भएको हो । 

बजारमा निर्माण सामग्रीहरूको माग शुरू हुने बित्तिकै कम्पनीहरूले त्यसको मूल्य बढाउने गरेको व्यवसायीहरूको गुनासो छ । 

‘परम्परागत रूपमा बजारमा माग बढ्नेबित्तिकै कम्पनीहरूले फलामजन्य वस्तुको मूल्य बढाउँदै आएका छन्, अहिलेको यस्तो विषम परिस्थितीमा पनि यस्ता सामानको मूल्यमा वृद्धि हुँदा काम गर्न समस्या भएको छ,’ एक निर्माण व्यवसायीले लोकान्तरसँग भने । 

सिजनको समयमा डन्डीको मूल्यमा अत्याधिक वृद्धि हुने र अफसिजनमा अत्याधिक रूपमा घट्ने गरेको उनको भनाइ छ । 

पछिल्लो समयमा प्रतिकेजी डन्डीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेको छ ।

कोरोनाका कारण दशैं तिहारसम्म निर्माणका कामहरू ठप्प प्रायः नै रहेको थियो । चाडबाड सकिएसँगै निर्माणका कामहरूले गति लिन थालेका छन् । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको मारमा निर्माण व्यवसायीहरू परेका छन् । जसको प्रत्यक्ष प्रभाव निर्माणको काममा परेको छ । 

व्यवसायीहरूका अनुसार, विभिन्न साइजका डण्डी, पाता, पत्ती, जी.आई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले आफूखुशी मूल्यवृद्धि गरेका हुन् । 

जीआई तारको मूल्य पनि अत्याधिक रूपमा बढेको छ । असोजमा ग्याबिन तारको मूल्य १ सय ८५ रुपैयाँ थियो । अहिले त्यसको मूल्य २ सय २५/२ सय ३० रुपैयाँ पुगेको छ । 

काम गर्ने सिजनमा सामग्रीको कृत्रिम अभाव सिर्जना गर्दै एक किलोमै २०/२२ रुपैयाँ नाफा लिने काम गरिरहेको निर्माण व्यवसायीहरूको आरोप छ । 

निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह पछिल्ला दिनहरूमा यस्ता निर्माण सामग्रीका उद्योगहरूले संगठित रूपमा नै मूल्य बढाएको दाबी गर्छन् । लोकान्तरसँग उनले भने, ‘बजारमा माग सिर्जना हुनेबित्तिकै उनीहरूले सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने र अचाक्ली मूल्य वृद्धि गर्ने परम्परागत चलन हो, अहिले पनि त्यसै गरे ।’

‘जब–जब बजार माग हुन्छ, तब–तब फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धि गर्छन्, यो परम्परागत शैली नै हो,’ उनले भने । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेसँगै नेपाली बजारमा त्यसको असर देखिने गर्छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले नेपालमा आएर असर पार्नका लागि कम्तिमा २ महिना लाग्ने उनको भनाइ छ ।

‘सामान आयत हुनलाई नै समय लाग्ने र आयात भएको पनि केही समयमा मात्रै मूल्यवृद्धिको असर पर्नुपर्नेमा सुनको मूल्य घटबढ भएजस्तै उता मूल्यवृद्धि भएकै दिनदेखि यता पनि बढाउन थालियो,’ अध्यक्ष सिंहले भने ।  

व्यवसायीले उता बढ्दा बढाउने तर उता मूल्य घट्दा यता नघटाउने गरेको उनको आरोप छ । 

उद्योगीहरूले सिजनका समयमा कार्टेलिङ गर्ने र मूल्य बढाउने गरेको उनले सुनाए ।

यता स्टिल कम्पनीहरूले भने पछिल्ला दिनमा भएको मूल्यवृद्धि स्वाभाविक भएको दाबी गरेका छन् । 

अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै नेपालमा उत्पादित वस्तुको पनि मूल्यवृद्धि हुनु स्वाभाविक भएको उनीहरूको दाबी छ ।

दशैंअगाडिदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ । 

अम्बे स्टिलका नेशनल सेल्स म्यानेजर राकेश सिंह अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेका कारण नै नेपालमा पनि फलामजन्य सामग्रीमा मूल्य वृद्धि भएको बताउँछन् । 

उनले भने, ‘कोभिड १९ का कारण र अन्य कारणले पनि अहिले खानी उत्खनन् गर्न नसक्नु, कोभिडका कारण जनशक्ति पर्याप्त नहुनु र खानीहरूमा उत्खनन् नहुनु पनि प्रमुख कारण हो ।’

निर्माण व्यवसायीहरूको आरोपलाई खण्डन गर्दै उनले निर्माण व्यवसायीहरूले बजार नबुझेर कार्टेलिङको आरोप लगाएको दाबी गरे ।

उनले भने, ‘बजारमा हेर्ने हो भने अहिले रोलिङ मिलहरू पनि एकदमै पीडित छन्, आज एउटा रेटमा दिइएको छ, भोलि अर्कै भइदिन्छ, अस्वस्थ प्रतिस्पर्धा पनि छ ।’

उनले आफूहरूले रेट महंगो नलगाएको भन्दै जति मूल्य परेको हो त्यही मूल्यमा नै सामग्री दिइरहेको दाबी गरे । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि भएको भन्दै उनले नेपालमा यसलाई स्वीकार गर्नुको विकल्प नभएको उल्लेख गरे । 

वाणिज्य विभाग भन्छ– अनुसन्धान हुँदैछ, दोषी प्रमाणित भएमा कारवाही गर्छौं

बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको गुनासो आएसँगै उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुसन्धान शुरू गरेको छ । 

केही दिनदेखि नै विभागको टोली निर्माणजन्य सामग्रीको मूल्यवृद्धिबारे बजार अनुगमनमा निस्किएको विभागका निर्देशक सागर मिश्रले लोकान्तरलाई बताए । 

उनले लोकान्तरसँग भने, ‘हामी अनुगमनमा निस्किसकेका छौं, अनुगमनका क्रममा मूल्यवृद्धि भएको पाएका छौं ।’

उनले कुन आधारमा मूल्यवृद्धि भयो भन्ने कुराको अनुसन्धान भइरहेको बताउँदै दोषी प्रमाणित भएमा कारवाही समेत गर्ने जानकारी दिए । 

उनले भने, ‘बजारमा मूल्यवृद्धि भएको कुरा सही हो । अब त्यसबारे अनुसन्धान भइरहेको छ, अनुसन्धानमा दोषी प्रमाणित भए हामी कारवाही गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x