×

NMB BANK
NIC ASIA

लयमा फर्किँदै घरजग्गा कारोबार : मालपोत कार्यालयमा भीड, तर राजस्वमा अझै संकुचन !

मंसिर १८, २०७७

NTC
Premier Steels

चाडपर्व सकिएसँगै पछिल्ला दिनहरूमा घरजग्गा कारोबारको गति बढ्न थालेको छ । 

Muktinath Bank

समय समयको निषेधाज्ञा र चाडपर्वका कारण केही सुस्तता आएको घरजग्गा कारोवारमा पछिल्ला दिनहरूमा केही वृद्धि हुन थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा रहेका मालपोत कार्यालयहरूमा घरजग्गा कारोबारीहरूको भीड नै लाग्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari

ललितपुर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्य पछिल्ला दिनमा कार्यालयमा कामको चाप बढेको बताउँछन् । 

Vianet communication

चाडपर्व सकिएसँगै कार्यालयमा घरजग्ग्गा कारोबारीको भीड शुरू भएको लोकान्तरसँग उनले बताए । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण हरेक क्षेत्रमा मन्दी आएको छ । नेपालमा सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो भने समय–समयमा निषेधाज्ञा गरेको थियो । 

समय–समयमा जारी गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण अन्य क्षेत्रमा जस्तै घरजग्गा कारोबारमा पनि सुस्तता देखिएको छ । 

प्रमुख मालपोत अधिकृत आचार्यले भने, ‘लकडाउन तथा निषेधाज्ञाका कारण कारोवार हुन पाएन, तर अब भने कारोवार राम्रै भएको छ, कार्यालयमा भीड देखिन्छ ।’

कारोवार घट्दा राजस्व पनि प्रभावित

ललितपुर मालपोत कार्यालयमा गत वर्षको तुलनामा अहिले कारोवारमा कमी आएको छ । कार्यालयको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा राजस्व संकलनको अवस्था न्यून छ । 

यस अवधिमा कार्यालयले ८० करोड १२ हजार रुपैयाँमात्र राजस्व संकलन गरेको छ । यद्यपि गत वर्षको सोही अवधि (साउन–कात्तिक)मा कार्यालयले १ अर्ब ८ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम राजस्व संकलन गरेको थियो । 

प्रमुख मालपोत अधिकृत आचार्यका अनुसार अहिले पहिलेको तुलनामा कारोवार पनि घटेको छ ।

उनले भने, ‘हिजोआजका दिनमा कार्यालयमा केही भीड देखिएको छ, कारोवार देखिएको छ, तर तुलना नै गर्दा पहिलेको तुलनामा अहिले कारोवार निकै कम छ ।’

उनले घरजग्गाको कारोवारको अवस्था ‘ट्रेण्ड’ हेरेर भन्न नसकिने बताए । उनले भने, ‘कहिले मानिसको भीड हुँदैन, कारोवार हुन्छ, कहिले भीड भएर पनि कारोवार हुँदैन, त्यसकारण ट्रेण्ड यस्तो छ भन्नै सकिँदैन ।’

उनले कारोवारमा उछाल नआएको बताउँदै न्यून नै रहेको भन्न पनि नसकिने बताए । 

उनले भने, ‘अहिलेको अवस्था भनेको कारोवारमा उछालै पनि नआएको तर न्यून पनि नभएको, समग्रमा केही कारोवार भएको छ ।’

यता कलंकी मालपोत कार्यालयमा पनि पछिल्ला दिनहरूमा भीड लाग्ने गरेको छ । घरजग्गा कारोवारका लागि सेवाग्राहीहरूको भीड बाक्लै देखिएको मालपोत कार्यालय कलंकीका सूचना अधिकारी नीलकण्ठ काफ्लेले लोकान्तरलाई बताए । 

उनका अनुसार, कलंकी मालपोत कार्यालयमा चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही समय (साउन–कात्तिक)मा कार्यालयले ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

अघिल्लो वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको तुलनामा यस आर्थिक वर्षको सोही समयमा १४ करोड रुपैयाँ राजस्वमा गिरावट आएको छ । 

सूचना अधिकारी काफ्लेले विभिन्न समयको लकडाउन र निषेधाज्ञाले नै घरजग्गा कारोबारलाई असर गरेको बताउँछन् । उनले भने, ‘पछिल्ला दिनहरूमा चाडबाड पनि सकियो र लकडाउन पनि छैन, त्यसकारण कारोवार केही बढेको छ, तर पहिले त ठप्प नै रह्यो ।’

चालू आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोवार न्यून मात्रामा भएको र राजस्वमा पनि कोरोना महामारीले असर पुर्‍याएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको कार्यालयले जनाएको छ । 

कोरोना महामारीका कारण देशव्यापी लकडाउन लगाउँदा कारोबारमा प्रभाव परेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताए । 

उनले भने, ‘महामारी न्यूनीकरणका लागि लकडाउन लगाइयो, त्यसले गर्दा मानिसहरूले जग्गा कारोवारतर्फ भन्दा आफ्नो सुरक्षातर्फ ध्यान दिने कुरा भयो, यसले कारोवार घटायो ।’

विभागको तथ्यांकअनुसार, सरकारले घरजग्गाको कारोबारमार्फत चालू आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ३९ करोड ९६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । 

विभागका अनुसार, यस अवधिमा सरकारले आश्विन महिनामा सबैभन्दा उच्च राजस्व संकलन गरेको छ । 

यस महिनामा घरजग्गा कारोवारमार्फत ५ अर्ब २७ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । 

कात्तिक महिनामा भने सरकारले ३ अर्ब ६ करोड २५ लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ । 

‘चाडपर्वका कारण राजस्व संकलनमा कात्तिक महिनामा असर पर्‍यो,’ विभागका निर्देशक एवं प्रवक्ता सुवेदीले बताए । 

उनका अनुसार, लकडाउनकै अवधिमा कतिपय मालपोत कार्यालयहरू बन्द रहेका थिए । 

‘कोरोनका कारण कतिपय मालपोत कार्यालयहरू बन्द थिए, त्यसले पनि राजस्व संकलनमा असर पार्‍यो,’ उनले भने । 

विभागका अनुसार, साउन र भदौ महिनामा घरजग्गा कारोबारबाट  ४ अर्ब ६ करोड ५० लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ । 

निर्देशक सुवेदीका अनुसार घरजग्गा कारोवारलाई कोरोनाले मात्र नभई अन्य कुराहरूले पनि असर पारेको छ । 

जग्गा कित्ताकाटको रोक्का भएसँगै कारोबारमा मन्दी आएको उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x