कर्णलाई संसारकै महादानी किन भनिन्छ ?

महाभारतमा कर्ण एक महत्वपूर्ण पात्र थिए । सदियौंदेखि उनको वीरता र परिवर्तनका लागि गरिएको संघर्षको प्रशंसा गरिँदै आएको छ । उनी एक उत्कृष्ट योद्धा पनि थिए ।

कर्णकी वास्तविक आमा कुन्ती र पिता सूर्य थिए । कुन्तीले विवाहअघि नै कर्णलाई जन्म दिएकी थिइन् । लोकलाजका कारण उनले जन्मिसकेपछि कर्णलाई नदीमा बगाइदिइन् । 


Advertisement

नदीमा बग्दै गरेको कर्णलाई हस्तिनापुरका सारथी अधिरतले भटाए । उनले आफ्नो घर लगेर आफ्नै सन्तानजसरी पालनपोषण गरे । ​ठूलो हुँदै गए पछि शास्त्र अध्ययन शुरु गरे । कर्ण सूर्यको ठूलो उपासक थिए ।

उनी बिहान बेलुका सँधै उपासनामै विलिन रहन्थे । उपासनाको समय उनीसँग कसैले केही माग्यो भने कहिले पनि उनले निराश बनाएर फर्काएनन् । उनीजस्तो दानवीर पाण्डव र कौरवमा कोही पनि थिएन । 


Advertisement

उनको यही खुवीका कारण दानवीर कर्णका नामले उनी परिचित थिए । उनले कहिले पनि याचकलाई खाली हात पठाएनन् । उपासनाको समय जसले जे मागे पनि पूरा गरिदिन्थे । यही दानवीरता नै उनको मृत्युको कारण बन्यो । 
भगवान कृष्णले पनि कर्णलाई सबैभन्दा ठूलो दानीका रुपमा प्रशंसा गरेका छन् । 

अर्जुनलाई कर्णको प्रशंसा गरेको कत्ति चित्त बुझ्दैन थ्यो । यही कारण एकपटक अर्जुनले कष्णसँग कर्णको प्रशंसा यति धेरै किन गर्नुहुन्छ भनेर सोधेका थिए । कृष्णले दुई साना पहाडलाई सुनमा परिणत गराए । र कर्ण र अर्जुनलाई एक एक पहाड जिम्मा दिँदै गाउँलेलाई बाँड्न भने । 

अर्जुनले सबै गाउँलेलाई बोलाए र पहाडलाई काटेर टुक्रा टुक्रा पारी वितरण गर्न थाले । केही समयमै अर्जुन थाकेर विश्राम गर्न पुगे । त्यसपछि कृष्णले कर्णलाई बोलाए र यो सुनको पहाड गाउँलेलाई बाँड्न निर्देशन दिए । 

तब कर्णले कुनै सोँचबिनै गाउँलेलाई पूरै पहाड सुम्पिदिए । आपसमा आफैं बाड्न अनुरोध गरे । तब कृष्णले अर्जनलाई भने , ‘कर्ण दान गर्नुअघि आफ्नो हितको बारेमा सोँच्दैनन । यही विषेशताकै कारण उनलाई सबैभन्दा ठूलो दानवीर भनिँदै आएको हो ।ङ

आफ्नो दानवीरतको वास्तविक परिचय त आफ्नो शरीरसँग जोडिएको कवच र कुण्डल नै उतारेर दान दिएर सावित गरेका थिए । कर्ण सूर्यको उपासना गर्दैथिए । त्यहीबेला देवराज इन्द्र ब्राम्हणको रुपमा आए र कर्णसँग कवच र कुण्डलको माग गरे । सूर्यले कवच र कुण्डल नदिन अनुरोध गरेका थिए ।

तर, कर्णले उपासनाको समय कसैलाई पनि निराश नगर्ने भन्दै आफ्नो शरीरबाट कवच र कुण्डल निकालेर दान दिए । कर्णलाई थाहा थियो कि यही दान मृत्युको कारण पनि बन्न सक्छ । तर, आफ्नो बारेमा एकपटक पनि नसोँचेर दान गरिदिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्