०८ साउन २०८३, शुक्रबार

कोरोना अस्पतालको आइसियुबाटै हराए बिरामी

पुस १२, २०७७
कोरोना अस्पतालको आइसियुबाटै हराए बिरामी

बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना विरामी हराएका छन् ।

 गएको बुधवार कोरोना देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का ५५ वर्षिय पुरुष भर्ना भएका थिए ।

आइतवार बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पताल बिरामी नभएको बिरामीकी श्रीमतीले लोकान्तरलाई जानकारी दिइन् ।

उनले भनिन, लोकान्तरसँग ‘हिजो साँझ फोन गर्दा यहाँका डाक्टर र सिस्टरहरूले मलाई धन्न मारेनन्  । छिटो मलाई लिन आइज भन्नुभएको थियो । बिहान बिरामीलाई फोन गर्दा फोन उठेन । अस्पतालमा फोन गर्दा तपाईको बिरामी छैनन भनेर भने ।’

उनले थपिन्, ‘अहिले बिरामीको फोन अफ छ । कहाँ छन पत्तो छैन । खोजी गर्नुपर्‍यो । अस्पतालकै लापरवाहीले गर्दा हो ।’

उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले लोकान्तरसँग भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनुभएको थियो । भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्