×

NMB BANK
NIC ASIA

ललितपुरका अभिषेक (नाम परिर्वतन)ले सामाजिक सञ्जाल फेसबूकमा ‘स्काई मोबाइल’ नामको पेजमा आइफोन, घडी, लगायतका विभिन्न कम्पनीका मोबाइलहरू ३०/४० प्रतिशत छूटमा पाउने ‘विज्ञापन’ देखे ।

Muktinath Bank

आइफोन किन्ने सोच बनाएका अभिषेकले एउटा निजी संस्थामा काम गरेर केही पैसा बचाएका थिए । अनलाइनमा देखेको विज्ञापनले उनको ध्यान खिच्यो । आफूलाई आवश्यक रहेको र पैसा पनि सस्तो भनेकाले अनलाइनमा दिएको फोन नम्बरमा सामाजिक सञ्जाल ‘ह्वाट्स् एप’मार्फत् कुराकानी गर्न थाले । कुराकानी गर्ने व्यक्ति थिए, अफ्रिकन नागरिक जस्ता देखिने गर्दिनिया दुवात्रे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पहिला आफ्नो परिचय खुल्ने प्रमाण पत्र देखाउन भने उनले ‘स्काई मोबाइल’ को आइडी कार्ड पनि उनलाई पठाए ।


Advertisment
Nabil box
Kumari

Vianet communication

उनले अनलाइनमा १ लाख ९० हजार पर्ने आइफोन प्रो म्याक्स मोबाइलको मूल्य ७५ हजार राखिएको विज्ञापन देखिएपछि कुराकानी गर्न थालेका थिए । 

पहिला उनलाई ती व्यक्तिले फारम भर्न ५ हजार रुपैयाँ लाग्ने भएकाले पैसा जम्मा गर्न भने ।

अभिषेकले तुरुन्त उनले दिएको अनलाइन पेमेन्ट गेटवे ई–सेवामार्फत ५ हजार भुक्तानी गरे । फेरि अर्को दिन मोबाइलका लागि अग्रिम भुक्तानी स्वरूप १० हजार रुपैयाँ जम्मा गर्न भनियो, त्यसैगरि नै जम्मा गरिदिए ।

त्यसपछि ती व्यक्तिले मोबाइल अमेरिकाबाट कुरियर गरिदिएको भन्दै ‘ट्रायाकिङ’ नम्बर दिए । उनले त्यो ट्रायाकिङ नम्बर वेबसाइटमा हेर्दा स्पेन उडेको देखियो । 

उनले फेरि ४० हजार पठाउन भने । उनले त्यही पुरानै ईसेवा आईडीमा ४० हजार पनि पठाए । उनको सामान डेलिभरीका लागि पठाइसकिएको भने । उनले दिएको ट्र्याकिङ नम्बरमा पनि देखियो ।

इराक, लेबनानलगायतका देश हुँदै पाकिस्तान आएपछि भन्सारमा समस्या भएको भन्दै ७० हजार रुपैयाँ मागे तर उनले त्यति म पठाउन सक्दिनँ भने पछि २० हजार पठाइदिन भने । अभिषेकले त्यो पठाइदिए । त्यसपछि उनको सामान त्यहाँबाट भारत आएको ट्र्याकिङ नम्बरमा देखाइयो ।

तर पुस २७ गते महानगरीय प्रहरी परिसरले उनलाई फोन गर्‍यो, तपाईं मोबाइल किन्दा ठगिनुभएको छ, अरू पैसा नपठाउनु होला । उनी छाँगाबाट खसेजस्तै भएँ ।

उनले सम्पर्क गर्न खोजे तर ती व्यक्तिले कुनै वास्ता गरेनन् ।

यता महानगरीय प्रहरी परिसर ललितपुरमा एक जना व्यक्तिले आफू अनलाइनबाट ठगिएको महशुस गरेर परिसर प्रमुख एसएसपी किरण बज्राचार्य बताएका थिए । 

त्यसपछि ललितपुर प्रहरीले अनुसन्धान थाल्यो । ती व्यक्तिले दिएको ईसेवा आईडीको आधारमा ठगी गर्ने गिरोहको खोजी गर्न शुरू गर्‍यो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा सयभन्दा धेरै ईसेवा आइडी, आईएमई र बैंक अकाउन्टबाट पर्सामा रहेको एउटै बैंक खातामा पैसा ट्रान्सफर भएको देखियो । ती व्यक्ति थिए, पर्सा बहुदरमाई गाउँपालिका घर भएका ३९ वर्षीय मेवालाल शाह तेली । 

प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गर्‍यो । उनलाई पक्राउ गरेपछि झन् नयाँ रहस्य खुल्यो । उनको बैंक खाता र एटीएम कार्ड अर्कै व्यक्तिले चलाउँदै आएका रहेछन् ।

प्रहरीले ठगीको नेपालका मुख्य नाइके शाह तेलीलाई ठानेको थियो तर अर्कै व्यक्ति निस्किए ।

पर्सा मैनापुर गाउँपालिका–४ का २८ वर्षीय अजय शाह भन्ने प्रमोद शाहले नेपालमा पैसा संकलन गर्दै आएको पाएपछि उनलाई शुक्रवार प्रहरीले पर्साबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले पत्रकार सम्मेलन गर्दै जानकारी दिइन् ।

मास्टरमाइन्ड प्रमोद शाह !

नेपालमा मास्टरमाइन्डको रूपमा प्रमोद शाहले विभिन्न व्यक्तिको नामबाट ईसेवा आईडी खोल्ने र पैसा पठाउन लगाउने गरेको अनुसन्धानमा खुल्न आएको एसएसपी बज्राचार्यले बताइन् । 

प्रहरीका अनुसार उनले प्रमोदले पर्साको भारतीय सीमानजिक आईएमई सञ्चालन गर्दै आएका छन् । उनले आईएमईमा आउने ग्राहकको नागरिकता र फोटोको दुरुपयोग गर्दै सिम निकाल्ने, त्यसबाट ईसेवा आईडी बनाउने र अनलाइनबाट सामान किन्ने व्यक्तिलाई पैसा पठाउन लगाउने र त्यो पैसा बैंकमा ट्रान्सफर गरेपछि सिम फाल्ने गरेको पाइएको एसएसपी बज्राचार्यले पत्रकार सम्मेलनमा बताइन् ।

उनले आफू पक्राउ पर्ने भएकाले मेवालालको नाममा बैंक खाता खोल्ने र त्यहाँबाट झिक्ने गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले स्काई मोबाइल नामको फेसबूक पेजबाट ठगिएको भन्दै ९ जनाले ललितपुर प्रहरी परिसरमा उजुरी दिएको बताइएको छ ।

त्यसबाट  ३० लाख रुपैयाँ ठगी भएको र अरू पनि त्यस्तै मानिसहरू ठगिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

‘विदेशबाट सञ्चालन भएका कारणले विदेशी पनि संलग्न भएको देखिएको छ । हामीले इन्टरपोलमार्फत खोजी गर्ने प्रकृया अगाडि बढाएको छौं,’ एसएसपी बज्राचार्यले भनिन्, ‘विदेशीले योजनाबद्ध रूपमा ठग्नका लागि ठूलो लगानी गरेको देखिन्छ, नेपालबाट के कति पैसा बाहिर गएको छ, अनुसन्धान गर्दैछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x