३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सप्तरीको खडक नगरपालिका–११ बनौलीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नम्बरको मोटरसाइकल बिहीवार दुर्घटना हुँदा खडक–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको  प्रहरीले जनाएको छ । शिवेन्द्र मोटरसाइकल चालक हुन् भने अरबिन्द बीचमा सवार थिए । 


Advertisement

दुवै शव परीक्षणका लागि लागि  गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । 


Advertisement

मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर उपचारार्थ छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

कमेन्ट गर्नुहोस्