×

NMB BANK
NIC ASIA

जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’

माघ १५, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको हो । यसका लागि पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल काठमाडौं ल्याएर प्याकेजिङ भइरहेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए ।

Muktinath Bank

दोस्रो चरणमा कम्पनीले जुम्लाबाटै थप ३ हजार क्विन्टल मार्सी धान खरिद प्रक्रिया सुरु गरेको छ । ‘सुर्खेतबाट ल्याएको मार्सी चामल प्याकेजिङ भइरहेको छ । बिहीबारदेखि नै उपभोक्ताले किन्न पाउँछन् । यसको मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँ निर्धारण गरेका छौं,’ थापाले भने, ‘खाद्यले तोकेको मूल्य बजार भाउभन्दा धेरै सस्तो छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीका अनुसार बजारमा एक किलो मार्सीको मूल्य २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पर्छ । सुर्खेतको बजारमै खुला प्रतिकिलो १ सय ८५ रुपैयाँमा खरिद गरेको खाद्यले ढुवानी, प्याकेजिङ खर्च, लोड–अनलोड, प्रशासनिक खर्चलगायत जोडेर खुद्रामा आफूले बेच्ने मूल्य निर्धारण गरेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

‘फलाउनेलाई केही राहत होस् भनेर सुर्खेतका किसानसँग समन्वय गरेर पहिलो लट ल्यायौं,’ थापाले भने, ‘बिहीबारदेखि काठमाडौंको थापाथली, नक्खु, भक्तपुर, रामशाहपथ आउटलेटबाट बिक्री सुरु गर्छौं । बिक्री कक्ष नआई अनलाइनबाट किन्छु भन्नेलाई पनि डेलिभरी दिने व्यवस्था गरेका छौं ।’

Vianet communication
Laxmi Bank

दोस्रो चरणमा जुम्लाबाट धान खरिद गर्न कम्पनीले प्राथमिक खरिद समिति गठन भएको जनाएको छ । सरकारी प्रक्रियाअनुसार गठित समितिमा अध्यक्ष सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । सदस्यमा खाद्य कम्पनी, कृषि ज्ञान केन्द्र, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित हुन्छन् ।

टोलीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ती दरभाउ विश्लेषण गरेर उचित मूल्य तोक्छ । जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो १ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ । किसानहरूले चामल नै बिक्री गरे प्रतिकिलो १ सय ६२ रुपैयाँ ५० पैसा निर्धारण भएको थापाले बताए ।

‘जुम्लाको मार्सी धान आइतबारदेखि खरिद हुन्छ । किसानहरूले चामल बिक्री गरे चामलै पनि खरिद गर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘जुम्लामा खरिद गरिएको धान सुर्खेतमा प्रशोधन गर्छौं । जुम्लामा मिल भए त्यहीं पनि गर्न सकिन्छ, त्यसपछि उपत्यकामा बिक्री गर्छौं ।

तीन वर्षअघि आफ्नो घरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको भन्दै व्यवसायी दुर्गा प्रसाईंको फोटो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । उक्त फोटो बाहिरिएपछि मार्सी चामलले निकै चर्चा पाएको थियो ।

निजी क्षेत्रका खाद्य व्यवसायी र फर्महरूलाई आकर्षित गरेको मार्सी चामल मुलुकका प्रमुख बजारका डिपार्टमेन्टल स्टोरहरूबाट बिक्री सुरु भएको थियो । निजी क्षेत्रका फर्महरू अहिले पनि मार्सी चामल बिक्री गरिरहेका छन् ।

खाद्यले ढिला गरी मार्सी बिक्री गर्न थाल्नु सरकारकै प्रवर्द्धनको नीति अघि बढाएको जनाएको छ । जुम्लाबाटै मार्सी धान खरिद गर्नुको मुख्य उद्देश्य बजारीकरण भएको कम्पनीले जनाएको छ । मार्सी चामलसँगै खाद्यले कर्णालीको सिमी पुनः खरिदबिक्री गर्ने योजना पनि बनाएको छ । खाद्यले २०७४ सम्म सिमी, फापरलगायत गेडागुडी खरिद गर्दै आएको थियो ।

कर्णालीकै उत्पादन खरिद गर्न सरकारले अनुदानसमेत दिँदै आएको थियो तर खरिद गरिएको सिमी तथा फापर खाद्यले अपेक्षित परिमाणमा बिक्री गर्न सकेन । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x