एलजीले विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिङ मेसिनहरू बजारमा ल्याएको छ ।
एलजीका विभिन्न मोडेलका वासिङ मेसिन रहेको छ। जसमध्ये केही मोडलहरूमा ८ देखि १८ के. जी. सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के. जी. सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ।
यस वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने,एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने ब्राण्डले जनाएको छ ।
साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरू सिधै मेसिनबाट निकालेर लगाउन सकिने एलजीले बताएको छ ।
लोकान्तर संवाददाता