कब्जियतको समस्या छ ? यस्ता छन् समाधानका उपाय

कब्जियतको समस्या पेटसँग जोडिएको भए पनि यसले छाला, कपाल र निद्रा सम्म बिगार्न सक्छ । 

कब्जियत भन्नाले मलत्याग गर्न समस्या आउनु हो । चौबीस घन्टामा एकपटक मलत्याग गर्न जरूरी रहेको स्वास्थ्य विज्ञानको भनाइ छ । तपाईंलाई कब्जियतको समस्या छ भने हामी यहाँ केही घरेलु उपायहरू सुझाउनेछौं ।


Advertisement

तरल पदार्थ पिउने गर्नुस् । अनि गिलो खानेकुरा खाने गर्नुस् । खिचडी, सूप आदि उत्तम हुन्छन् । 
 

रामतोरिया पनि कब्जियतको राम्रो उपचार हो । 


Advertisement

राति किसमिस, अँजीर र सुक्खा आलुबखडा भिजाएर भोलिपल्ट बिहान खाँदा पनि राम्रो गर्छ । 

अनि तातो दूध, केसर, बेसार र घ्यू पनि खाने गर्नुस् । 

तातोपानी नियमित अन्तरमा पिइरहने हो भने पनि कब्जियतबाट राहत पाइन्छ । 

कब्जियत भएका मानिसले सुक्खा कुराहरू खान हुँदैन । जस्तो, पपकर्न वा क्य्राकर । 

गर्मीमा मानिसहरू कोल्ड ड्रिंक वा बरफ हालेको पानी पिउँछन् । यसले कब्जियत बढाउने मात्र नभई पाचन प्रक्रिया पनि बिगार्छ । 

अनि वज्रासन, पवनमुक्तासन, वक्रासन लगायतका योगासनले पनि कब्जियतबाट राहत दिलाउँछन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्