०९ असार २०८३, मंगलबार

यी हुन् गुरु मुमताज अली खान, प्रवचन सुन्न लाग्छ भीड

बैशाख ३, २०७८
यी हुन् गुरु मुमताज अली खान, प्रवचन सुन्न लाग्छ भीड

निधारमा लामो टीका लगाएका अनि गेरुवस्त्र लगाएर धुनी जगाएर बसेका श्री एम कुम्भमेलामा आएका अन्य योगीहरू जस्तै देखिन्छन् । 

बैरागी क्याम्पमा उनी उपनिषद् तथा भगवद्गीताको प्रवचन दिन्छन् । 

श्री एमको वास्तविक नाम मुमताज अली खान हो र केरलाको मुसलमान परिवारमा जन्मेका थिए । 
 

कुम्भमेलामा पनि आफ्नै अखडा योगधाम बनाएका छन् । त्यहाँ दिनहुँ धर्मशास्त्रको प्रवचन, साधुसेवा र भजनकीर्तन गरिन्छ । 

ईश्वरका विभिन्न नाम छन्– अल्लाह, क्राइस्ट, कृष्ण तथा अन्य । नाम फरक फरक भए पनि ईश्वर एक हुन् । यो ज्ञान हामीले प्राप्त गरेपछि हामी सबै एउटै कुरा खोजिरहेका छौं भन्ने थाहा पाउँछौं,’ मन्द मुस्कान सहित उनी बताउँछन् । 

परोपकारी तथा आध्यात्मिक कामका लागि पोहोर साल पद्मभूषण प्राप्त गरेका श्री एमको संस्था सत्संग फाउन्डेसनले आन्ध्र प्रदेशको मदनपल्लेमा गरीबगुरुवाका लागि विद्यालय र क्लिनिक सञ्चालन गर्छ । 

श्री एमको कथा रमाइलो छ । तिरुवनन्तपुरममा एक समृद्ध परिवारमा जन्मेका उनी बालककालदेखि नै योगप्रति आकर्षित भएको बताउँछन् । 

उन्नाईस वर्षको उमेरमा उनी घरबाट भागेर गुरुको खोजीमा हिमालय पुगेका थिए । ऋषिकेशबाट बदरीनाथसम्म ३०० किलोमिटर उनी साधुको भेषमा पैदलै हिँडेका थिए ।

उनले बदरीनाथभन्दा पर एक गुफामा हिमालयका योगीलाई भेटेका थिए । उनलाई नाथ सम्प्रदायमा दीक्षित गरियो जसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि दीक्षित छन् । 

उनी आफ्ना गुरुका साथ तीन वर्षसम्म हिमालयका विभिन्न क्षेत्र घुमे । त्यसक्रममा गुरुले उनलाई प्राचीन धर्मशास्त्र सिकाएका थिए । 

उनी अहिले योगसूत्र, उपनिषद् तथा अन्य वेदान्तका ग्रन्थको ज्ञानका साथै आफ्नो अनुभव पनि बाँड्ने गर्छन् । 

कुम्भ मेलामा उनको प्रवचन सुन्न ठूलै भीड उपस्थित भएको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्