सिटीलाई हराउँदै चेल्सी फाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।


Advertisement

वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरेका हुन् ।

जिएचले टिमो वेर्नेरको पासलाई सदुपयोग गरे ।

अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल आगामी मे १५ मा हुनेछ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्