पेस्तोल बोकेर ससुराली आउने व्यक्ति पक्राउ परेर सार्वजनिक

प्रतिकात्मक तस्वीर

सुनसरीको कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका १ जनालाई सोमवार प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए ।


Advertisement

आइतवार राति अस्थायी प्रहरी पोस्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ । मन्सुरीका साथबाट प्रहरीले १ कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

रोजा पर्व मनाउनका लागि ससुराली घर जुद्धगञ्जमा आएको बेलामा विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मन्सुरीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्