घट्यो सुनको मूल्य, कति छ आज ?

मंगलवार नेपाली बजारमा छापावाल सुन प्रति तोला ३ सय रुपैयाँले गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्