×

NMB BANK
NIC ASIA

ओलीले ठूलो योजनाको रुपमा प्रस्तुत गरेको पानीजहाज कार्यालयकै अवस्था दयनीय

बैशाख १०, २०७८

NTC
Premier Steels

केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि ठूलो योजनाको रुपमा प्रस्तुत गरेको पानी जहाज परियोजना अघि बढाउने कार्यालयकै अवस्था दयनीय छ ।
दुई वर्ष अघिको पुसबाटै सञ्चालन गर्ने भन्दै प्रधानमन्त्रीले ओलीले संसदबाट घोषणा गरेपनि त्यसको दुई महिनापछि स्थापना भएको पानी जहाज कार्यालयको अवस्था अझै पनि दयनीय छ । पानी जहाज कार्यालय स्थापना भएको दुई वर्ष नाघेपनि न आवश्यक कर्मचारीको व्यवस्था गरिएको छ, न सञ्चालनका लागि नीति र कानुननै । पानी जहाज कार्यालयको लागि सरकारले छुट्याएको बजेटको अवस्था पनि दयनीय छ । आर्थिक वर्ष २०७५-०७६ बाट सरकारले जल यातायात अर्थात पानी जहाज सञ्चालनको योजना अगाडि बढाएको थियो । सो आर्थिक वर्षमा पानी जहाज सञ्चालनका लागि कार्यालय स्थापना गरेको सरकारले अझैं पूर्वाधार निर्माण गर्न सकेको छैन ।

Muktinath Bank

कार्यालयका सूचना अधिकारी राजन प्रधानका अनुसार ऐन र कर्मचारीको अभावमा पानी जहाजको काम अगाडि बढ्न सकेको छैन । १६ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १० जना मात्र कर्मचारी रहेका छन् । “हाईवे इन्जिनियर, इरिगेसन इन्जिनियर, कानुन अधिकृतलगायतका मुख्य मुख्य कर्मचारीको दरबन्दी नै रिक्त छ” उनी भन्छन्, “जसको कारणले काममा प्रभावकारिता देखिएको छैन ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारी मात्र नभइ पानी जहाजको कार्यालयसँग अघि बढ्नका लागि कानुन समेत छैन । अघिल्लो आर्थिक वर्षमा कार्यालयले ‘नेपाल पानी जहाज दर्ता तथा सञ्चालन ऐन’ को मस्यौदा तयार पारी भौतिक तथा पूर्वाधार मन्त्रालयमा पठाएको थियो । तर, अहिलेसम्म ऐन बनिसकेको छैन । ऐन पास भएर नआउँदा काम गर्न असहज भएको सूचना अधिकारी प्रधान बताउँछन् । “ऐन पास भए नियमावली बनाउने काम सुरु हुन्थ्यो” उनी भन्छन् “त्यसपछि पानी जहाज सञ्चालनका थप काम कारबाही अगाडि बढ्थे । चाँडै नै पास हुने सुनिएको छ । त्यसपछि सहज हुन्छ ।” कारोबार दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x