
रुपन्देहीमा पनि कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रुपन्देही प्रशासन कोरोना नियन्त्रण र रोकथाममा जुटेको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको छ ।
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाइको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइको व्यवस्था गर्न भनेको छ । यसको साथै सबै किसिमका पूर्व निर्धारित परीक्षाहरु समेत अर्को सूचना नआउँदासम्म स्थगित गर्ने निर्णय भएको छ ।
त्यसैगरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बैशाख १४ गते मंगलjfरदेखि जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।
बैठकमा सबै स्थानिय तहका अध्यक्षऽ प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आईसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरि पूर्व तयारी अवस्थामा रहन समेत बैठकले आग्रह गरेको छ ।