×

NMB BANK
NIC ASIA

इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज

बैशाख २१, २०७८

NTC
Premier Steels

अब ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । 

Muktinath Bank

यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने भएको इसेवाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । 


Advertisment
Nabil box
Kumari

आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उदेश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । 

Vianet communication

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै  यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको  मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिनेछ । 

बैंक खातामा इसेवा लिंक गर्नका लागि सर्वप्रथम इसेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ ।  यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखि क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइलमा प्राप्त भएको ओटिपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता इसेवामा लिंक हुनेछ । 

बैंक खाता लिंक गरेपछि इसेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गर्नुभएको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि इसेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ । 

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इसेवा एकाउन्ट लिंक गर्न सकिनेछ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने इसेवाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x