×

NMB BANK
NIC ASIA

अक्सिजन सिलिन्डर खोज्दै सरकार

बैशाख २५, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।

Muktinath Bank

टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था आएपछि मुलुकभर अक्सिजनको अभाव छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अक्सिजनको हाहाकार कम गर्न १ हप्ताअघि १ हजार थान सिलिन्डर खरिद गर्न खोज्दा पनि टेन्डरमा कसैले भाग लिएका थिएनन् ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले शुक्रवार स्वास्थ्य सचिव, विभागका महानिर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशक लगायतलाई बोलाएर आवश्यक स्वास्थ्य उपकरण र अन्य सामग्री तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना मागेका थिए । 

Vianet communication

‘यसअघि टेन्डर गर्दा कसैले इच्छा नदेखाएकाले फेरि छोटो अवधि राखेर टेन्डर निकाल्न निर्देशन आएको छ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले भने, ‘दाताहरूसँग पनि समन्वय गरिरहन्छौं । यता टेन्डर पनि निकाल्छौं ।’

दातासँग मन्त्रालयले समन्वय गरिरहेको छ भने थप सिलिन्डर खरिद गर्ने जिम्मेवारी विभागले पाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले चीनले उपलब्ध गराउने २० हजार सिलिन्डरमध्ये ३ हजार ५०० सिलिन्डर छिट्टै आउने बताए ।

मन्त्रालयले युनिसेफलाई सिलिन्डरको व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । युनिसेफले बंगलादेशसँग सम्झौता गरे पनि उसले दिन नसक्ने बताएपछि चीनबाटै ल्याएर दिन लागेको तिंकरीले जानकारी दिए । ‘अक्सिजन सिलिन्डर बढाउन कुनै कसरत बाँकी राखेका छैनौं,’ उनले भने ।

स्वास्थ्य सेवा विभागले अक्सिजन सिलिन्डर खरिदका लागि उत्पादक कम्पनीसँग पनि आग्रह गरिरहेको स्रोतले जनाएको छ । ‘मौखिक रूपमा सहमति जनाए पनि उनीहरू लिखित रूपमा दिन तयार भएका छैनन् । कारबाहीमा परिने डरले अघि बढ्न नचाहेको हुन सक्छ,’ स्रोतले भन्यो ।

शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पछिल्लो समय अस्पताल आउने शतप्रतिशत संक्रमितलाई अक्सिजन चाहिएको बताए । ‘जति पनि संक्रमित आउँछन्, सबैको अक्सिजनको मात्रा कम देखिएको हुन्छ,’ उनले भने, ‘कोहीलाई कम दिनुपर्ला, कोहीलाई हाइफ्लोमा दिनुपर्ने हुन्छ ।’

अक्सिजनको सबैभन्दा बढी माग लुम्बिनीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लुम्बिनीमा संक्रमितलाई अस्पतालमा भर्ना गरेर आफन्तले नै अक्सिजन खोजेर लैजाने गरेका छन् । कतिपय उद्योगीले सिलिन्डर अभावकै कारण पूर्ण क्षमतामा प्लान्ट सञ्चालन गर्न नसकेको जनाएका छन् ।

विभागले केही दिनअघि १ हजार सिलिन्डर खरिद गरेर अस्पताललाई वितरण गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन र प्रहरीले उपत्यकाबाट ६ हजार ७८४ थान सिलिन्डर नियन्त्रणमा लिएर विभिन्न अस्पताललाई वितरण गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x