३२ असार २०८३, बिहीबार
सरकार गठनको प्रयास

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसले पेश गर्‍यो दाबी

बैशाख २९, २०७८
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसले पेश गर्‍यो दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा गरी ४ दलका ३१ सांसदको समर्थन आफूलाई रहेको जिकिरसहित मुख्यमन्त्रीमा पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

पोखरेलले राजमोका ३ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेपनि राजमो सांसद कृष्ण थापाले आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् ।

सरकार गठनको रस्साकस्सी चलिरहँदा थापा पोखरा छाडेर गृहजिल्ला बाग्लुङ पुगेका छन् ।

हेर्नुहोस्, कांग्रेसको दाबी :

salt training

कमेन्ट गर्नुहोस्