×

NMB BANK
NIC ASIA

निष्ठुरी दैव

भोकले ढलेका यी रिक्सा चालक : रिक्सामा घुमाउँदै अस्पताल पुर्‍याउँदा भर्ना नपाएपछि ...

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोक नजिकै रहेको जनमैत्री अस्पताल अगाडि एउटा रिक्सामा पल्टिएका मजदुर कालेलाई राखेर अर्का मजदुर श्याम उभिएका थिए ।

Muktinath Bank

बालाजुमै मजदुरी गर्ने रिक्सा चालक कालेका साथी श्याम जनमैत्री अस्पताल अगाडि सहयोगको अपेक्षामा उभिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार साँझ पैसा नभएर अस्पताल लैजान नसकेका उनले बिहान पैसा सरसापट गरेर नजिकैको मेडिकल लगेका थिए । तर मेडिकलले कोभिडको बिरामी भएको भन्दै अस्पताल लैजान भनेपछि श्यामले कालेलाई रिक्सामै बोकेर जनमैत्री अस्पताल ल्याएका थिए ।


Advertisment
Nabil box
Kumari

पैसा नभएका कारण कालेले २–३ दिनदेखि खाना खान नपाएको श्यामले जानकारी दिए । ‘साँझदेखि बिरामी छ । खै के भएको थाहा छैन,’ श्यामले लोकान्तरसँग भने, ‘कालेलाई मेडिकलले अस्पताल लैजा भनेर यहाँ लिएर आएको हुँ ।’

Vianet communication
Laxmi Bank

‘ऊसँग पैसा थिएन, मसँग पनि थिएन, कोरोनाले सबै ठप्प भयो । साँझ अस्पताल लैजान सकेनौं,’ श्यामले थपे, ‘अस्पतालले हामी लिँदैनौं भन्छ, कहाँ लग्ने ?’

अस्पतालले पनि कोरोनाको बिरामी नभएको भन्दै अर्काे अस्पतालमा लैजानु भनेपछि श्याम कसैले सहयोग गर्छ कि भन्ने आशमा थिए ।

तर कोरोना भाइरसको संक्रमणको डरका कारण कोही पनि सहयोग गर्न र नजिक आएनन् । 

सडक छेउमा रिक्सामा पल्टिएको साथीलाई घरको छतबाट हेर्ने र छिटो अस्पताल लैजानू भन्ने धेरै थिए तर सहयोग गर्न कोही तयार देखिएनन् ।

कोरोना संक्रमण भए/नभएको यकिन पुष्टि भएको थिएन । केहीबेरमा ‘प्रेस’ लेखेको पहेंलो ज्याकेट लगाएका ३–४ जना क्यामेरा बोकेर आए, घटनाक्रम भिडियोमा रेकर्ड गरेर गए ।

केही समयमा एउटा पीकअप गाडी आयो । ‘हाम्रो टीम नेपाल’को टोलीले उनलाई लिएर गयो । 

दोलखाको चरिकोट घर भएका काले (बोलाउने नाम) ५–७ वर्षदेखि बालाजुमा रिक्सा चलाएर गुजारा गर्दै आएका उनका साथी श्यामले बताए । 

महामारीको समयमा सँगै बस्दै आएका साथीलाई सहयोग गर्न नपाउँदा आफैंलाई दुःख लागेको उनले बताए । बालाजु क्षेत्रमा कालेका आफन्त र नातेदार कोही पनि सम्पर्कमा छैनन् ।

‘हाम्रो टीम नेपाल’ले कालेलाई उपचारका लागि कहाँ लिएर गयो भनेर श्यामलाई पत्तो छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x