×

NMB BANK
NIC ASIA

९ वर्षीय बालकको मुखमा खन्याइयो एसिड, बोल्न सक्दैनन् करण

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
ललितपुर, १८ जेठ– ललितपुर प्युटारका ९ बर्षीय करण तामाङ अपरिचित व्यक्तिको एसिड आक्रमणमा परेका छन् । एसिड आक्रमणबाट घाइते भएका करण अहिले टिचिङ अस्पतालमा उपचाररत छन् ।

करणको मुखभित्र एसिड परेका कारण उनको जिब्रो र मुख सुन्निएको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् ।


केवल इशाराका भरमा मात्रै कुरा गर्न सक्छन् । करण ललितपुर प्युटारस्थित श्री कालीदेवी माध्यामिक विद्यालयको २ कक्षामा अध्ययन गर्छन् ।

जेठ ८ गते स्कूलबाट फर्केर घरआएपछि साथीहरुसँग बाहिर निस्केका करणलाई तीन अपरिचित व्यक्तिले मुखमा एसिड हालेको उनका दाई किरण तामाङले बताए ।

‘कसले मुखमा हालिदिएको भन्ने प्रश्नमा करणले हातले मात्रै इशारा गर्न सक्छन्, उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनको जिब्रो सुन्निएर बाहिर निस्केको छ’ दाई किरणले लोकान्तरसँग भने ।

आफूभन्दा ठूला दुई व्यक्तिले समाएको र एकले मुखमा एसिड हालिदिएको आक्रमण लगत्तै उनले आफ्नी आमा कान्छीमाया तामाङलाई बताएका थिए ।

एसिड मुखमा परेपछि करणको मुख पुरै सुन्निएको थियो, दुइटै आँखा रातो थियो र बोल्न सक्ने अवस्था नरहेको उनकी आमा कान्छीमायाले बताइन् ।

बच्चाको त्यस्तो अवस्था देखेपछि कान्छीमाया र बुबा अष्टबहादुरले तत्कालै टीकाभैरबको स्वास्थ्य चौकीमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरु ललितपुरको पाटनअस्पताल हुँदै महाराजगन्जको कान्तिबाल अस्पताल पुगे । त्यहाँ पनि उपचारसम्भव नभएपछि अहिले उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

जेठ ८ गते टिचिङ भर्ना भएका करणको उपचार शुरु गरेको ११ दिन भइसकेको छ र उनी अझै बोल्न सक्ने अवस्थामा छैनन् । करणको मुखमा हालेको एसिड घाँटीसम्म पुग्न नपाएका कारण उनको स्वास्थ्य जटिल नभएको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।

‘एसिड घाँटीबाट तल नझरेका कारण अबस्था जटिल हुन पाएन’ उपचारमा संलग्न डा. देवकी खड्काले लोकान्तरसँग भनिन् ।


घटनाको बारेमा प्युटारको प्रहरीलाई खबर गरिसकेको उनका पिता अष्टबहादुरले बताए । तर पनि बच्चा बोल्न सक्ने अवस्था नरहेको भन्दै एसिड मुखमा हाल्ने व्यक्तिको प्रहरीले पहिचान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले भने घटनाको समबन्धमा अनभिज्ञता प्रकट गरेको छ ।

परिवारका सदस्यले आफूहरुको कसैसंग रिसिइवी नभएको बताएका छन् । न्युन आर्थिक अबस्थाका तामाङ परिवार अहिले छोरोको उपचार खर्च अभावमा तड्पिएको छ । ‘दुई हजार रुपैयाँ लिएर आएका थियौं, त्यो पनि सकियो’ आमा कान्छीमायाले लोकान्तरसँग भनिन्, ‘खर्च अभावले उपचार रोकिने हो कि भनेर चिन्तित छौ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x