
झापा गाउँपालिका ४ बाट सशस्त्र प्रहरीले करीव २२ ग्राम ६३ मिलिग्राम खैरो हेरोइसहित सोही ठाउँको बेलायतीबारी बस्ने १८ वर्षिय दिलदास आलमलाई पक्राउ गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बेलायतीबारीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला परेको हो ।
पक्राउ परेका आलमलाई बरामद खैरो हेरोइनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यसैगरी सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ बनैनियास्थित सीमा ईलाकाबाट जेठ २७ गते सशस्त्र प्रहरीले २१ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको राजविराज नगरपालिका ५ बस्ने २१ बर्षिय अविनास साह छन् ।
को १० प ९४५२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसबेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ
।
पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।