×

NMB BANK
NIC ASIA

कोरोना संकट

एक चिकित्सकको अनुभव: कोरोनाको दोस्रो लहरमा जो कोहीलाई भावविह्वल बनाउने अस्पतालका ती दृश्य

असार १, २०७८

NTC
Premier Steels

‘मेरो बुवाको शव सेनाले आर्यघाटमा जलाइरहेको छ । बहिनी आईसीयूमा छिन् । भाइ इमर्जेन्सी वार्डमा भर्ना भएको छ । मैले के गर्ने ? कसरी गर्ने ? परिवार नै सिद्धिएलाजस्तो भयो डाक्टरसाब,' बिरामी कुरुवा बसेकी ३५ वर्षीया महिलाले उपचारमा खटिएका चिकित्सक डा. नवीनकुमार मिश्रसामु रुँदै आफ्नो पीडा सुनाइन् ।

Muktinath Bank

‘केही हुँदैन । अस्पतालमा भर्ना भएपछि सबै ठीक हुन्छ । भेन्टीलेटरमा राखिएको छ । अहिले पहिलाभन्दा सुधार आएको छ,’ ती महिलालाई सान्त्वना दिँदै चिकित्सक मिश्रले आश्वस्त पार्न खोजेका थिए । कुरुवा बसेकी ती महिला पनि पछि संक्रमित भइन् र त्यहीँ उपचार गर्नुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईसीयू तथा भेन्टीलेटरमा रहेकी उनकी बहिनीले कोरोनालाई जित्न सकिनन् । केही दिनपछि निधन भयो ।


Advertisment
Nabil box
Kumari

ती महिला र उनका भाइ निको भएर अस्पतालबाट डिस्चार्ज भए तर बहिनी र बुवालाई बचाउन सम्भव भएन ।

Vianet communication

काठमाडौं मेडिकल कलेज (केएमसी) को कोभिड टास्क फोर्सका सदस्य एवं प्रवक्ता डा. नवीनकुमार मिश्रले कोरोनाको दोस्रो लहरमा देखेको एक पारिवारिक वियोगको घटना हो यो ।

यो त उदाहरण मात्र हो, यस्ता घटना अस्पतालमा दिनदिनै देखिन्छन् । उनी मन दह्रो बनाएर संक्रमितको उपचारमा खटिएकै छन् ।

छाती तथा दम रोग विशेषज्ञ समेत रहेका डा. मिश्र कोभिड टास्क फोर्सका एक महत्त्वपूर्ण योद्धा हुन् ।

उनले केएमसी मात्र होइन ब्लु क्रस अस्पताल दशरथ रंगशाला, नोबेल अस्पताल सीनामंगल, शंखरापुर जोरपाटी र मूलपानी नगर अस्पतालमा समेत कोभिड बिरामीहरूको उपचार गरिरहेका छन् ।

केएमसी जस्तै अन्य अस्पतालमा पनि थुप्रै हृदयविदारक घटनाबारे उनले लोकान्तरलाई बताए।  

एकै परिवारका ५ सदस्य कोभिड संक्रमित भएर नोबेल अस्पताल सिनामंगलमा भर्ना भएको थिए । एकै परिवारका बुवा, आमा, छोरा, छोरी, नाति र १ वर्षभन्दा कम उमेरको नातिनीमा कोरोना संक्रमण भएको थियो ।

मुटुरोगी आमाको एञ्जिओप्लास्टी पनि गरिएको साथै डाइबिटिज र दुईतिर ठूलो निमोनिया लिएर आएकी थिइन्। ‘त्यस्तो गम्भीर समस्या भएको, धेरै रोग भएर बिरामी रहेको आमालाई हामीले बचाउन सफल भयौं,’ डा. मिश्रले भने, ‘तर, बुवालाई खासै समस्या नभए पनि बचाउन सकेनौं ।’ छोरा, छोरी, नाति र नातिनी भने उपचारपछि सकुशल घर फर्किए ।

उनले ब्लू क्रस अस्पतालको अर्को घटना सुनाए। एक युवाले आफ्नो बुवालाई आईसीयूमा भर्ना गराएका थिए। कोरोना संक्रमित बिरामीको कुरुवाका रुपमा आएका उनलाई पनि गाह्रो भएको थियो। उनी आफैं पनि कोरोना पोजेटिभ भएका थिए। तीन दिनपछि उनलाई पनि हाई केयर युनिटमा भर्ना गरिएको थियो।

उनले, 'म पनि संक्रमित भएर भर्ना भएको छु भन्ने कुरा मेरो बुवालाई जानकारी नगराउनुहोला है,' भनेर उनले डा. मिश्रलाई अनुरोध गरेका थिए।   

त्यस्तै नोबेल हस्पिटलमा एकै परिवारका बुवा र छोरा गरी दुई जना कोरोना संक्रमित भएर भर्ना भएका थिए।

डा. मिश्रका अनुसार भर्ना हुँदा बुवाको अवस्था सामान्य थियो, उनमा सामान्य निमोनिया देखिएको थियो।  उनी पहिलेदेखि नै डाइबिटिजका बिरामी पनि थिए। तर, छोरा भर्ना हुँदा ठूलो निमोनिया लिएर आएका थिए ।

‘सामान्य निमोनिया भएका बुवाको उपचारका क्रममा मृत्यु भयो तर निमोनियाका कारण फोक्सो ध्वस्त नै हुन लागेका छोरा भने निको भएर डिस्चार्ज भए,’ डा. मिश्रले भने, ‘बुवाको अवस्था सामान्य भएपनि डाइबिटिजका कारण फोक्सोमा हावा भरिएर जटिलता उत्पन्न हुँदै निमोथोर्याक्स डेभलप भएका कारण बाँच्न सक्नुभएन।’ छोरा भने आईसीयूमा उपचार पछि निको भए।

गत वर्ष पनि उनी यसैगरी कोरोना संक्रमितको उपचारमा विभिन्न अस्पतालमा खटिएका थिए। तर, यस वर्षको दोस्रो लहरमा जस्तो परिवारका सबै सदस्यहरू संक्रमित भएर आउने प्रवृत्ति भने थिएन। उपचारभन्दा पनि पीडित परिवारका सदस्यलाई काउन्सिलिङ गर्न समस्या भएको उनको अनुभव छ ।

‘बिरामी त भर्ना भएर आईसीयूमा हुन्छन्, तर बाहिर कुरुवालाई सम्हाल्न समस्या हुन्छ,’ उनले भने, ‘किनभने परिवारका सबै सदस्य संक्रमित हुने, केही सदस्यको मृत्यु हुने, भर्ना भएका सदस्य पनि बाँच्ने हुन् की होइनन् भन्ने डरका कारण कुरुवाहरू प्रायःजसो आत्तिएका हुन्थे।’

अर्कातर्फ उपचारका लागि आवश्यक पर्ने रकमको जोहो समेत त्यही कुरुवाले गर्नुपर्ने हुनाले कुरुवाहरू अत्यधिक चिन्तित हुने गरेको उनले बताए।

गत वर्ष केएमसीमा (मृत्यु दर)मोर्टालिटी रेट कम थियो तर यस वर्ष भने निकै बढेको उनले बताए। ‘गत वर्ष बिरामी आउँदा अक्सिजनको आवश्यकता त्यति धेरै हुन्नथ्यो, आवश्यक भए पनि कम चाहिने र लामो समयसम्मका लागि नचाहिने हुन्थ्यो,’  मिश्रले भने, ‘तर, यस वर्ष दोस्रो लहरमा अत्यधिक मात्रामा र लामो समयसम्मका लागि अक्सिजन आवश्यक भएका बिरामी मात्र भर्ना हुने गरेका छन्।’

अक्सिजन स्याचुरेसन ८० भन्दा कम भएका बिरामी मात्र अस्पतालमा आउने, आएपछि सबैलाई आईसीयूमा नै भर्ना गर्नुपर्ने जस्तो अवस्था हुने हुनाले पनि दोस्रो लहरको शुरूआती चरणमा बिरामीको चाप अत्यधिक भएको उनले बताए।

एक देखि दुई दिनमा फोक्सो ध्वस्त नै भएको अवस्थामा अस्पतालमा आउँदा पनि उपचारका क्रममा धेरैजसोको मृत्यु हुने गरेको उनले बताए।

‘केएमसीमा उच्च प्रविधिसहितको हाई फलो नेजल क्यानुलामार्फत ६० लिटर प्रतिमिनेट बिरामीलाई अक्सिजन दिने गरिन्थ्यो। आईसीयू वार्डदेखि हाई केयर यूनिटसम्मका बिरामीलाई औसत १० लिटर प्रतिमिनेटसम्म अक्सिजन दिने गरिएको थियो,’ उनले भने, ‘६७ सय लिटर अटाउने ठूलो सिलिन्डर एउटा बिरामीलाई दिँदा डेढदेखि दुई घण्टासम्ममा सकिन्थ्यो।’

संक्रमित बिरामीहरूलाई घोप्टो, उत्तानो र कोल्टो परी सुत्न लगाइन्थ्यो। छेउकै बेडमा रहेका बिरामीको मृत्यु भएको देख्दा अन्य बिरामीमा पनि मनोवैज्ञानिक असर पर्ने हुनाले पनि प्रायः जसो बिरामीलाई घोप्टो पारेर सुत्न लगाइन्थ्यो। त्यसले एक त अक्सिजनको अभावलाई कम गर्थ्यो भने छेउको बेडमा बिरामीलाई के भयो भन्ने कुराबाट बेखबर हुने गरेकाले पनि धेरैजसो बिरामी निको भएको उनले बताए।

‘बिरामीलाई राम्रो तरिकाले काउन्सिलिङ गर्ने काम गर्नुका साथै इच्छाशक्ति बलियो बनाउन सुझाव दिन्थ्यौं,’ उनले भने, ‘चौबीस घण्टा अर्थात् हरेक समय नर्स तथा चिकित्सक बिरामीहरूको उपचारमा रहेका कारण पनि धेरैजसो बिरामी निको हुनु भयो। ’ 

एकपटक घोप्टो, अर्कोपटक उत्तानो, अर्कोपटक कोल्टो पारेर सुत्नुस्, अक्सिजन आफैं नहटाउनुस्, लामो स्वास लिएर रोक्नुस्, जति सक्नुहुन्छ स्वास लामो लिनुस् भनेर चिकित्सकहरूले बिरामीलाई समय समयमा काउन्सिलिङ गर्ने गर्छन्।

मर्छु नै भन्ने अवस्थामा आत्मबल घटाएका, निराश भएका बिरामीलाई पनि मेशिनमा राखेपछि अवस्था सुधार हुँदै गएको अनुभूति गराउने, विस्तारै सुधार हुँदै जान्छ भनेर आश्वासन दिँदै जाने गर्दा आत्मबल बढ्ने गरेको अनुभव उनले सुनाए । ४० दिनसम्म आईसीयूमा बसेका बिरामी समेत निको भएर घर फर्किएका छन् ।

 ‘८१ वर्षका दावा शेर्पा १६ दिनसम्म आईसीयूमा बस्नु भएको थियो तर उपचार पछि निको भएर घर फर्किँदा उहाँको खुशीको सीमा नै थिएन,’ उनले भने, ‘कतिपय ज्येष्ठ नागरिक पनि कोरोनालाई जितेर घर फर्किनुभयो भने कतिपय युवा, युवती भएर पनि कोरोनासँग हार्नुभयो।’

कतिपय बिरामी निको भएर डिस्चार्ज भए पनि अक्सिजनको आवश्यकता रहने गरेको उनले बताए।

‘कोभिड नेगेटिभ भएपनि फोक्सोमा जाली बन्नु, फोक्सो कडा हुने अर्थात् लंग्समा फाइब्रोसिस हुने हुनाले पोस्ट कोभिडका- २० प्रतिशत जति बिरामीलाई अक्सिजनको आवश्यकता देखिएको थियो,’ उनले आफ्नो अनुभव सुनाए।

ढिलो गरेर अस्पतालमा भर्ना हुने, फोक्सो पूरै ध्वस्त भएको अवस्थामा अस्पताल आउने कतिपय युवा बिरामीको पनि मृत्यु भएको उनले सुनाए ।

दोस्रो लहरमा भर्ना भएका अधिकांश संक्रमित खोप नलगाएकाहरू थिए । मिश्रका अनुसार केएमसीमा भर्ना भएका ९२ प्रतिशत बिरामीले त कोभिडको एक डोज पनि खोप नलगाएको पाइएको थियो। त्यसैगरी ६ प्रतिशत संक्रमितले एक डोज खोप लिएको, २ प्रतिशत बिरामीले दुई डोज लिएको पाइएको थियो।

एक डोज मात्र खोप लिएको ५ देखि ६ दिनसम्मको अवधिमा संक्रमित भएका पनि भर्ना भएका थिए भने दुई डोज खोप लिएका मध्ये न्यून संख्यामा संक्रमित भएको उनले बताए।

‘दुई डोज खोप लिएका बिरामीलाई खास लक्षण देखिएन, सामान्य अवस्था मात्र थियो,’ उनले भने, ‘खोप नलगाएका बिरामी मात्र सिकिस्त अवस्थामा पाइएको थियो।’  

अहिले संक्रमितको संख्या विस्तारै घट्दै गएको छ। अस्पतालका बेडहरू खाली हुन थालेका छन् । आईसीयू बेड समेत खाली हुन थालेको छ।

लकडाउनका साथै भ्याकिस्नेसनका कारण पनि संक्रमणको दर घट्दै गएको उनी बताउँछन्।

गत वर्ष जसरी संक्रमण शून्यमा झरेको थियो त्यस्तो अवस्था नआउञ्जेलसम्म संक्रमणको खतरा रहिरहने उनले बताए।

‘कोरोना रोगको कुनै उपचार छैन, मास्क, सामाजिक दूरी, हाइजिन र भ्याक्सिनेसन मात्र यो रोगको उपचार भएकाले त्यसतर्फ सबै नागरिक सचेत हुनु आवश्यक छ,’ उनले भने।

कोरोनाको खोप आवश्यक भएको हुनाले सरकारले नागरिकलाई उपलब्ध गराउन नसके निजी क्षेत्रबाट समेत बिक्री वितरण फुकुवा गर्नुपर्ने उनको कथन छ ।

‘निजी क्षेत्रमा पीसीआर परीक्षण गर्दा दुई हजार तिर्न नागरिक सक्षम छन् भने ज्यान जोगाउन १ हजार रुपैयाँको खोप पनि पैसा हुनेले किनेर लगाउन सक्छन्,' मिश्रले भने, 'नहुनेलाई सरकारले नि:शुल्क लगाउने व्यवस्था गर्नुपर्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x